२०७७, १४ आश्विन बुधबार

निर्माण व्यवसायी संघको अध्यक्षमा सुमन अधिकारी (मत परिणामसहित)

डबली खबर     आश्विन १ २०७५ १५:५५



Suman Adhikari elected in Nuwakot Contractor Assoication

विदुर / नुवाकोट निर्माण व्यवसायी संघको अध्यक्षमा सुमन अधिकारीले निर्वाचित भएका छन् । अधिकारीले २३१ मत ल्याउँदै नयाँ कार्यभार सम्हालेका छन् ।

संघको आठौँ अधिवेशनको निर्वाचनबाट अधिकारीले प्रतिद्वन्द्वी कृष्णप्रसाद थपलियालाई ७२ मतले पछाडी पर्दै २३१ मत प्राप्त परेका हुन् । थपलियाले १५९ मत प्राप्त गरेको छ । अधिकारीले आजै निर्वाचन सचिवालयमा निर्वाचन अधिकृत आत्माराम शाहबाट सपथ ग्रहण गरेका छन् । अधिकारीले आजै नयाँ कार्यकालको लागि अध्यक्षको पदभार सम्हालेका छन् ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले कार्यमा छिटोछरितो र गुणस्तरीय कार्य गर्ने, संघबाट हुने कार्यलाई संबन्धित निकायसंग समन्वय गरी निर्माण कार्यमा सहजता प्रदान गर्ने, जिल्लागत रुपमा ज्याला दररेट कायम गर्ने र निर्माण व्यवसायीको हकहितको लागि लड्ने प्रतिबद्धता जनाएको थियो ।

संघको वरिष्ठ उपाध्यक्षमा शैलेन्द्र राज प्याकुरेल २४०, प्रथम उपाध्यक्षमा गणेश बहादुर तामाङ २१२, द्वितीय उपाध्यक्षमा पशुपति थापा १८५, महासचिवमा रमेश वस्नेत २१९, उप-महासचिवमा गोकर्ण थपलिया १८३, सचिवमा रामसिं लामा २१३, सह-सचिवमा भगवान अधकारी (अशोक) १९३, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ २२५ र सह-कोषाध्यक्षमा शिवलाल श्रेष्ठले १८७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

No automatic alt text available.

Image may contain: indoor

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top