२०७७, १४ आश्विन बुधबार

नुवाकोट पहिरोको उच्च जोखिममा

डबली खबर     भाद्र १३ २०७५ ०५:३६



Flood Disaster Nuwakot

विदुर / नुवाकोट विपत लगायतका प्राकृतिक घटनाहरुमध्ये पहिरोको उच्च जोखिमा रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैंठकमा छलफलको लागि पेश गरेको प्रतिवेदनमा जिल्लामा रहेको सबै स्थानीयतह पहिरोको जोखिममा रहेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटको लागी जर्मन सहयोग नियोग जिआईजेडले तयार गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना’ प्रतिवेदन अनुसार पहिरो लगातयका घटनाबाट प्रभावित हुनसक्ने अनुमानित घरधुरी चार हजार २ सय घर परिवार रहेको र त्यो मध्ये ४ सय ५० घरधुरी विस्थापित हुनसक्ने अनुमान गरिएको छ भने पूर्वतयारी स्वरुप एक करोड ३४ लाख रुपैयाँ बजेट उद्धार एवम् पुर्नस्थापनाको लागी तर्जुमा गरिएको जनाएको छ ।

कार्यक्रममा विपद् व्यवस्थापन समिति पदाधिकारी एवम् स्थानीयतहका प्रमुख तथा उपप्रमुखहरुले बर्षात सुरुभएसगै विभिन्न बस्तीहरुमा पहिरो गएर घरगोठ क्षति पुगेको, ग्रामीण सडक, खानेपानी योजना, विद्युतीय खम्बा र तार,  सिचाई कुलो, विद्यालय लगायतमा क्षति पुगेको भन्दै आफूहरुको तर्फबाट मात्र पुर्ननिर्माण र व्यवस्थापन सम्भव नभएको बताउदै जिल्लाहुदै प्रदेश र केन्द्रबाट सहयोग पु-याउन आग्रह गरेका छन् ।

भौतिक पूर्वाधार निर्माणको रुपमा सडक विस्तारदेखि घर निर्माणको कारण पहिरो गएको उदाहारण प्रयाप्त भएकाले त्यसको रोकथाम गराउन स्थानीयतहले जोखिम न्युनिकरण कम गराउन भूमिका निर्वाह गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उद्धबहादुर थापाले विपत् प्राकृतिक प्रकोप र मानव सिर्जित दुई तरबबाट हुने भएकाले त्यसको रोकथामको लागि सबै पक्षको भूमिका अर्थपूर्ण हुने र त्यसमा सबैले जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । विपद्को पूर्व तयारी गरेर बस्ने हो भने दुर्घटना भएमा ठूलो क्षति नहुने र त्यसपछि पनि समयमै खोज तथा उद्धार गर्न सम्भव हुने प्रमुख थापाले बताउनुभयो ।

गत वर्ष र हालसम्म जिल्लामा भएको विपद्ले पु-याएको क्षतिको विषयगतको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नन्दलाल शर्मा ले प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top