२०७७, ४ आश्विन आईतवार

मुलुकी देवानी तथा फौजदारी संहिताको नयाँ कानुन सुरु

डबली खबर     भाद्र १ २०७५ २३:४५



muluki yen faujdari devyani law

विदुर / मुलुकी देवानी तथा फौजदारी संहिताको कानुनमा संसोधनसहितको नयाँ कानुनको कार्यान्वयन आजबाट सुरु भएको छ । जिल्ला अदालत नुवाकोटले पनि आज एक कार्यक्रम आयोजना गरी नयाँ संसोधित कानुनको शुभारम्भ भएको जनाएको छ ।

नागरिकको लागि अनुशासन कायम गर्न मुलुकी देवानी कानुन आवश्यक रहेको जिल्ला समन्वय सिमिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभयो । अध्ययन र अनुसन्धानपछि आएको कानुनी समाजमा शान्ती कायम गर्नको लागी सहयोग पुग्ने भएकोले कानून कार्यान्वयनका लागि सबैको प्रतिवद्धता र सचेतना जरुरी रहेकोे तामाङले बताउनुभयो ।

नयाँ कानूनले सबै सरकारी अधिकारीलाई जिम्मेवार बनाएकाले न्याय प्रवाहमा सरकारी अधिकारलाई जवाफदेही बनाएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले बताउनुभयो । मुलुकी देवानी तथा फौजदारी संहिता कानुनले कसैलाई असर नगर्ने बताउनुहुदै प्रमुख थापाले कानुन कार्यन्वयनमा आशङ्का नगर्न आग्रह गर्नुभयो ।

कानुन कार्यान्वयन गराउने, निकाय र कानुन मान्नु पर्ने सबै तहले कानुनी राज्यमा तोकिएको भन्दा बाहिर गएर अन्जानमा गल्ति भएता पनि त्यसको सजाय अनिवार्य हुने विदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो ।

नयाँ संसोधित ऐनको बारेमा जानकारी सबै स्थानियतहसम्म पुर्याउन आवश्यक रहेको जिल्ला न्यायधिस ऋषिकेश्वर वाग्लेले बताउनुभयो । स्थानियतहलाई आगामी दिनमा देवानी कानुनसम्बन्धि नागरिकहरु समक्ष पुर्याउन पहल गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उपाध्यक्ष अप्सरा थापा, विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख बसन्त कुँबर, नेपाल बार एसोसियसन नुवाकोट शाखाका अध्यक्ष देवराज कंडेल, सरकारी वकिल कार्यालय नुवाकोटका जिल्ला न्यायधिवत्ता बिमल थापा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top