२०७७, १३ आश्विन मंगलवार

जिल्ला प्रशासन कार्यालय नुवाकोटको प्रगति विवरण सार्वजनिक

डबली खबर     श्रावण १२ २०७५ ११:३१



District Administration Office

विदुर, नुवाकोट / जिल्ला प्रशासन कार्यालय नुवाकोटले आव २०७४/०७५ को प्रगति विवरण सार्वजनिक गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार रु.२ करोड ६९ लाख ४० हजार ८ सय ९५ राजश्व संकलन गरेको छ । राजश्व संकलनमा ४ हजार ९ सय ६८ वितरण गरेको राहदानीबाट रु. २ करोड ६० लाख २ हजार ५ सय राजश्व संकलन गरेको छ । राहदानी शाखाबाट सबैभन्दा बढी राजश्व संकलन भएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । नुवाकोटबाट करिब ९ हजार जनाले राहदानी बनाएको छ ।कार्यालयले संस्था दर्ता तथा नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवाना लगायत शिर्षकबाट राजश्व उठाईएको शर्माले जानकारी दिनुभयो ।

कार्यालयबाट नागरिकतातर्फ ८ हजार ९ सय ८५ , प्रतिलिपि नागरिकतातर्फ ४ हजार ९ सय ७३ र वैवाहिक अंगीकृत नागरिकतर्फ ५ वटा नागरिता वितरण गरेको छ । नयाँ संस्था दर्तातर्फ ५४ र सँस्था नवीकरणतर्फ १ सय २६ वटा मात्र भएको छ । नाबालक परिचयपत्रतर्फ १ सय ६० र सिफारिशतर्फ ४ हजार ५ सय ५१ वटा भएको छ ।

बाढी पहिराबाट १२ घरमा क्षति पुगेको र १ घरमा आगलागी भएकोमा पहिरो र आगोले क्षति भएका प्रति घरधनीलाई रु.१ लाख २६ हजार राहत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top