२०७७, ७ आश्विन बुधबार

शिवपुरी गाउँपालिकाको आव २०७७/७८ को बजेट ४९ करोड ४८ लाख ५३ हजार

डबली खबर     असार ११ २०७७ १४:११



shivapuri rural municipality building nuwakot

नुवाकोट – शिवपुरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड ४८ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

छैठौं गाउँसभामा पालिका उपाध्यक्ष मञ्जु के.सी.ले आव २०७७/७८ को उक्त आर्थिक बजेट पेश गरेकी हुन्।

बुधबार भएको गाउँपालिकाको गाउँसभामा पालिका अध्यक्ष रामकृष्ण थापाले आव २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए।

पालिकाले एकल पुरुष भत्तामा १५ लाख रूपैंयाँ रकम विनियोजन गरेको छ। यस्तै पालिकाले पूर्वाधार तथा भौतिक संरचना विकासतर्फ ७ करोड ६३ लाख, सामाजिक विकासतर्फ २ करोड १० लाख रकम विनियोजन गरेको छ।

बजेट वक्तव्यको पूर्ण पाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top