२०७७, १४ आश्विन बुधबार

विदुर नगरपालिकाको पूरक बजेट

डबली खबर     फाल्गुन २३ २०७६ १६:०२



bidur municipality 2076 budget

विदुर – विदुर नगरपालिकाको छैठौं नगरसभाबाट चालु आर्थिक बर्षको पुरक बजेट पास गरिएको छ । नगरसभामा पाँचौं नगरसभाको कार्यक्रम तथा बजेटको मध्यावधी मुल्यांकन, समीक्षा गर्दै वार्षिक कार्यक्रम उपर आवश्यक संशोधन सहितको पुरक बजेट पेश गरिएको हो ।

मध्यावधी मूल्यांकन गर्दा गत परिषदमा १ अर्ब ३ करोड १५ लाख ४५ हजार रुपैयाँको अनुमनित आय पेश गरिएको थियो । जसमा प्रक्षेपित राजश्वमा कमि भइ कूल ९७ करोड ८६ लाख ५० हजार २ सय रुपैयाँ संशोधित आयव्यय पेश गरिएको छ ।

त्यस्तै नगरका विभिन्न अत्यावश्यक योजना तथा कार्यक्रमहरुलाई थप गर्नका लागि कुल २ करोड ६७ लाख रकमको विनियोजन गरिएको आर्थिक समिति संयोजक तथा उप प्रमुख गिता कुमारी दाहालले पूरक बजेट पेश गरेकी थिइन् ।

प्रतिवेदनमा विकास निर्माणको गतिलाई बढाउन उपभोक्ता समिति, टोल विकास संस्था, गैरसरकारी संघसंस्था, नागरिक समाजका अतिरिक्त ठूला निर्माणका कार्यमा निर्माण व्यवसायीहरुलाई समेत परिचालित गरिएको छ । त्यस्तै विकासमा साझेदारी बढाउदै केही पूर्वाधारहरु संयुक्त लगानीमा सम्पन्न हुने क्रममा रहेको बताइएको छ ।

महिला जनप्रतिनिधिहरुको पहिचान पहिरनको लागि दुई लाख ७० हजार बजेट विनियोजन गरिएको पूरक बजेटमा उल्लेख छ । उपप्रमुख, महिला सदस्य र दलित महिला जनप्रतिनिधिको पहिरनमा साडी, ब्लाउज र कोट खरिद गरिएको छ । कार्यपालिका महिला सदस्यहरु मार्फत संचालन हुने जीवनोपयोगी सिप कार्यक्रमको लागि ७ लाख रुपैंयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top