२०७७, ७ आश्विन बुधबार

सचेतन पुस्तकालयको अध्यक्षमा खनाल

डबली खबर     मंसिर १४ २०७५ २०:१७



विदुर / सचेतन पुस्तकालयको अध्यक्षमा सन्तोष खनाल चयन भएको छ । पुस्तकालय समाज सचेतन केन्द्र नुवाकोटद्वारा सञ्चालित रहेको छ ।

पुस्तकालयको दोस्रो अधिवेशनबाट ९ सदस्यीय व्यवस्थापन समितिमा निर्विरोध चयन भएको छ । सचिव ललिता अाेझा, सदस्यहरूमा रामशरण बोगटी, राजु नेपाल, पविन्द्र केसी, अञ्जु बोगटी, मुना पुडासैनी, समृता काेइराला र जगन्नाथ नेपाल रहेका छन् ।

पुस्तकालय व्यवस्थापनको लागि पदाधिकारीबाट रु.५० हजार १ सय ११ रूपैयाँ समाज सचेतन केन्द्र नुवाकोटका अध्यक्ष यमकुमार खातीलाई हस्तान्तरण गरेका छन् । त्यस्तै, हरिराम भण्डारीले रु.१० हजार १ सय ११ रुपैयाँ, सीता बोगटीले रु.१० हजार, भगवती घिमिरेले रु.५ हजार ५ सय ५५ र रामशरण बोगटीले रु.५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष खातीले जानकारी दिनुभयो ।

त्यस्तै शिवकुमार मिश्र, अञ्जु बोगटी, धनकुमारी रिजाल र हिरा बोगटीले ५/५ हजार रुपैयाँ सहयोग गरेको पुस्तकालय व्यवस्थापनका सल्लाहकार रामहरि रिमाल बाजेले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top