२०७७, १२ कार्तिक बुधबार


KC Fancy Store Nuwakot

नुवाकोटमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम (विवरणसहित)

डबली खबर     आश्विन २९ २०७७ ०८:००



badri mainali hiranath khatiwada

‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत सांसद् बद्री मैनाली र हिरानाथ खतिवडाको ३/३ करोड रुपैयाँ बजेट बाँडफाँट गरिएको छ ।

कार्यक्रम निर्देशक समितिको विदुरमा बसेको भिन्दैभिन्दै बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं .१ को प्रदेश नं ‘ख’ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं .२ को प्रदेश ‘ख’ को बजेट विभिन्न २०/२० योजनाको लागि छुट्टाएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश नं ‘ख’का सांसद बद्री मैनालीले बजेटमा सडक निर्माण, सिचाई, लिफ्ट सिचाई, प्राविधिक शिक्षालय सञ्चालन र शैक्षिक संस्थामा ट्रष्ट बनाउने तथा कम्पाउण्ड निर्माण, खानेपानी, महिला सहकारीको भवन निर्माणमा बजेट छुट्टाएका छन् ।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं .२ को प्रदेश नं ‘ख’का सांसद हिरानाथ खतिवडाले विभिन्न २० योजनाको लागी तीन करोड रुपैयाँ बजेट छुट्टाएका छन् ।

उनले सडक, खानेपानी, पहिरो नियन्त्रण, खेलमैदान, गोरेटोबाटो, मन्दिर संरक्षणमा बजेट छुट्टाएको जानकारी योजना निर्देशक समितका सदस्य सचिवका जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद पन्थीले जानकारी दिए ।

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको भौतिक पूर्वाधार निर्माणको लागी बद्री मैनालीले १० लाख रुपैयाँ र हिरानाथ खतिवडाले १५ लाख रुपैयाँ बजेट छुट्टाएका छन् ।

बजेटमा जनताबाट माग भएर आएका योजना सबैलाई समावेश गर्न नसकेपनि आगामी दिनमा क्रमशः सम्बोधन गर्दैै लैजाने सांसद्हरुले बताए । ‘पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तरगतको बाँकी सांसद्को बजेट छनोटको अन्तिम तयारीमा पुगेको बताए ।

बजेटका विस्तृत विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top