२०७७, १२ कार्तिक बुधबार


KC Fancy Store Nuwakot

नुवाकोटमा विश्व विपद् जोखिम न्यूनिकरण दिवस मनाईयो

डबली खबर     आश्विन २७ २०७७ २१:१७



Natural Disaster Minimization Day nuwakot red cross program

विदुर, नुवाकोट – नुवाकोटमा पनि विश्व विपद् जोखिम न्यूनिकरण दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखामार्फत् जिल्लामा रहेको विपद् कार्यक्रममा संचालनमा गरिएको गतिविधिको समीक्षा सहित आगामी दिनमा गर्नसक्ने जिम्मेवारीको सम्बन्धमा छलफल गरेको छ ।

कार्यक्रममा विपद्को लागि पूर्वतयारी, विपद्को समय र विपद् पश्चातको लागि कार्यक्रम चलाउदै आएको मन्त्री हरि श्रेष्ठले जानकारी दिए । रेडक्रसमार्फत जिल्लामा एम्बुलेन्स सञ्चालन, रक्तसञ्चार, स्ंवयसेवक परिचालन मार्फत विपद्को समयमा काम गर्दै आएको र अहिले महामारीमा कोरोनाको सङ्क्रमणको समयमा पनि विभिन्न तह मार्फत सञ्चालित कार्यक्रमलाई सहयोग पुर्याउंदै आएको उनले जानकारी दिए ।

nuwakot red cross building
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको कार्यालय

रेडक्रसले भूकम्पको पश्चात नुवाकोटमा आवास निर्माण, खानेपानी, सरसफाई, स्वास्थ्य, जिविकोपार्जन लगायतको क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top