sujim advert

चारदशक एउटै विद्यालयमा शिक्षण, दीर्घसेवा सम्मानसहित विदाइ

डबली खबर     माघ ११, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Farewell with respect for long service in okharpauwa secondary school kakani nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – पेशाको तुलनामा पछिल्लो समय शिक्षण पेशाप्रति युवा पिढीको आकर्षण घट्दो देखिन्छ । साथै सरकारी सेवाका कर्मचारीको सामान्यतया दुई/पाँच वर्षमा सरुवा हुने गरेको पाइन्छ । तर, ककनी गाउँपालिकास्थित एक विद्यालयका शिक्षक एउटै विद्यालयमा निरन्तर करिब चारदशक अध्यापन गरि आइतबार सेवाबाट बिदा भएका छन् ।

तारकेश्वर गाउँपालिका-३, तिनपिप्ले काठमाडौंमा जन्मिएर वि.सं. २०४१ देखि ओखरपौवा माध्यमिक विद्यालय ककनी गाउँपालिका-१ मा शिक्षण पेशामा आबद्ध भएका प्राथमिक तह, द्वितीय श्रेणीका शिक्षक दुर्गाप्रसाद जम्कटेललाई विद्यालयले एक कार्यक्रमबीच दिर्घसेवा सम्मानसहित बिदाइ गरेको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद फ्युयालले जानकारी दिए ।

गाउँमा प्रवेशिका परीक्षा (एसएलसी) पास गर्ने व्यक्ति खोज्नुपर्ने तत्कालीन समयमा २०४१ चैत्र १९ देखि अध्यापन शुरु गरेका उनी ६ वर्षसम्म अस्थायी शिक्षक रहेपनि २०४८ जेठ १ देखि स्थायी भएका थिए । ३८ वर्ष ९ महिना १३ दिनसम्म एउटै थलोमा काम गर्दै आएका उनले माघ १ गतेबाट स्वेच्छिक अवकाश रोजेसँगै अनिवार्य अवकाशको अठार महिना अगावै विद्यालयले दोसल्ला ओढाएर दीर्घसेवा सम्मान तथा कदरपत्रसहित अभिनन्दन र अबिर, खादा र माला पहिराएर बिदाइ गरेको हो ।

शिक्षण अवधिमा जम्कटेलले एकै परिवारका हजुरबा, छोरा–छोरी र नाति–नातिनीसमेत गरि तीन पुस्तालाई समेत पढाएका छन् । जागिरे जीवनमा उनका धेरै विद्यार्थी आफ्नै सहकर्मी पनि बने । अझ संयोग नै मान्नुपर्छ, उनी बिदाइ भइरहँदा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक–अभिभावक संघका अध्यक्ष र व्यवस्थापन समितिका अध्यक्ष चारै जना उनैले पढाएका विद्यार्थी रहेका छन् ।

शिक्षण धन र लाभभन्दा पनि खुशी र आत्मसन्तुष्टि मिल्ने सेवामूलक पेशा रहेको उनको अनुभव छ । बजारमा किनमेल गर्न जाँदादेखि सरकारी कार्यालयमा काम लिन जाँदा समेत विद्यार्थीबाट नमस्कार र सम्मानसहित सेवा पाएका मीठा ‘माष्टरी अनुभव’का सँगालो उनीसँग छ ।

कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष उद्धव फ्युयालले जम्लटेलसँगको विद्यार्थी जीवनस्मरण गर्दै उनको सुखद् निवृत्त जीवनको कामना गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर घिमिरेले आफू पनि उनी लगायतका गुरुहरूको शिक्षा र मार्गनिर्देशनले सो स्थानमा पुगेको बताउँदै गाउँको शैक्षिक मुहार फेर्न जमकटेलको महत्त्वपूर्ण योगदान रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक फ्युयालले जमकटेल एउटा शिक्षक मात्र नभई सामाजिक परिवर्तनमा समेत उनको योगदान रहेको बताए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top