sujim bazar advert

चालक अनुमतिपत्र विना विद्यार्थी सरर इन्जिन गाडीमा

डबली खबर     अशोज २२, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

istock motorcyle accident
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – सदरमुकाम विदुरसहित आसपासका क्षेत्रहरु बट्टार, त्रिशुली, कोलेनी, देविघाटलगायतका विद्यालय वा क्याम्पसमा पढ्ने विद्यार्थीहरु मोटरसाइकल चढेरै अध्ययन गर्न पुग्न गरेका छन् । उमेरको हकमा १४ देखि १७ वर्षसम्मका हुने विद्यार्थीहरु कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने हुन्छन् ।

यता विद्यालयले कक्षा ९ र १० पढ्ने विद्यार्थीलाई बिहानीसत्रमा थप अध्ययनको लागि कोचिङका कक्षा सञ्चालन गरेको पाइन्छ । एसइईको नतिजा उत्कृष्ट निकाल्न र विद्यालय सफल पार्नको साथै विद्यार्थीलाई सबल बनाउन यी कक्षाहरु सञ्चालन गरेको बताउँछन् । बिहान सात बजेदेखि ९ बजेसम्म कक्षा सञ्चालन हुन्छ । त्यसपछि खाना खानको लागि विद्यार्थीको दौडधुप सुरु हुन्छ । कसैका अभिभावकले खाना विद्यालयमै पुर्याउने गर्दछ । कोहि विद्यार्थी पैदल वा सार्वजनिक यातायातमै सवार हुन्छन् र घर पुग्छन्, खाना खान्छन् र विद्यालय फर्कन्छन् । त्यस्तै, मोटरसाइकल चलाउने सीप भएकाहरु त्यसमै यात्रा गर्छन्, घर पुग्छन, खाना खान्छन र विद्यालय फर्कन्छन् ।

यस्तै, भर्खरै क्याम्पस पढ्न जाने विद्यार्थीहरुको लर्कोमा पनि त्यस्तै समस्या छ । अझ पछाडी एक जनालाई समेत लिएर आउने जाने गरेको छ । जथाभाबी बाइक हुइँक्याउँदा दुर्घटना बढ्नुका साथै विद्यार्थी जीवनसमय त्यतिकै व्यतित हुदैंछ ।

सहजता र सीप हेरेर अभिभावकले आफ्ना सन्तानलाई मोटरसाइकल वा स्कुटर चलाउन दिन्छन् । विद्यालयले विद्यार्थीको नियमितता मात्र हेर्छन् । तर मोटरसाइकल चालकको अनुमति १६ वर्ष उमेर पुगेपछि पाइने कानुनी व्यवस्था हेर्दैनन् र नुवाकोटका ट्राफिक प्रहरी र नियमन निकाय पनि मुख दर्शक छन् । स्थानीय निकाय, ट्राफिक प्रहरी र विद्यालय व्यवस्थापनले अनुगमन गर्न नसक्दा विद्यार्थी, अभिभावक र विद्यालयले आफै स्व:आचारसंहिताको पालना गर्नुपर्ने देखिन्छ ।

मोटरसाइकल चलाउने सीप हुदाँ पनि कानुनले वञ्चित गरेकोमा आफ्नो परिचय नखुलाउने शर्तमा एक विद्यार्थी गुनासो गर्छन् । उनी थप्छन, “अध्ययनको लागि बिहानै विद्यालय पुग्नैपर्छ र खानाको लागि घर आउनैपर्छ। विद्यालयमै खानाको व्यवस्था गरिदिएको भए कति सजिलो हुने थियो । कतिपय भने बिहानको खाना हल्काफुल्का खानामै चित्त बुझाउने गर्छन् ।”

सवारीसाधन चालक अनुमतिपत्र मोटरसाइकल चलाउने विद्यार्थी र उनका अभिभावकलाई सँगै राखेर प्रशिक्षण दिने कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्नुपर्ने देखिन्छ । विद्यालयमा अध्यनरत गर्ने विद्यार्थीलाई अनुशासन बस्न सिकाएनन् भने भविष्यमा कस्तो अपेक्षा राख्न सकिन्छ । विद्यालय, अभिभावक, ट्राफिक प्रहरीको यस्तो लापरबाहीको लागि राज्यको सक्रियता आवश्यक छ। बिना चालक अनुमतिपत्र मोटरसाइकलमा विद्यालय/क्याम्पस जाने भविष्यका कर्णधार मानिने युवा विद्यार्थीहरुलाई सडक दुर्घटनाबाट बचाउन अभियान यस किसिमको लापरवाही रोक्नु ट्राफिक प्रहरी अग्रसर हुनु आवश्यक छ ।

शैक्षिक संस्थाका बस चेकजाँचमा कडाई

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top