sujim advert

नुवाकोटका ८ हजार ८४६ बालबालिका जन्म दर्ताबाट वञ्चित

डबली खबर     चैत्र १५, २०७९

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Children deprived of birth registration in nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण गत साता सार्वजनिक गरेको छ ।

तथ्यांकअनुसार देशभर ३० लाख ७ हजार ६४८ बालबालिकाको जन्मदर्ता रहेकोमा ७ लाख ८० हजार ९३३ बालबालिका जन्म दर्ताबाट वञ्चित रहेको छ । जसमा नुवाकोट जिल्लामा ६८ हजार ६७९ परिवार संख्या रहेकोमा २३ हजार १९६ बालबालिकाको मात्र जन्मदर्ता रहेको छ । जसमा ८ हजार ८४६ बालबालिका जन्म दर्ताबाट वञ्चित रहेको तथ्यांकले देखाएको छ ।

जिल्लाका दुई नगरपालिकामा २ हजार ९०६ जना र १० गाउँपालिकामा ५ हजार ९८० जना बालबालिका जन्मदर्ता बाहिर रहेको तथ्यांक छ ।

विदुर नगरपालिकामा ५ हजार १६३ बालबालिकाको जन्मदर्ता रहेकोमा १ हजार ५९५ जना र बेलकोटगढी नगरपालिकामा २ हजार ९२० बालबालिकाको जन्मदर्ता रहेकोमा १ हजार ३११ जना बालबालिका जन्मदर्ता बाहिर रहेको छ ।

गाउँपालिकातर्फ दुप्चेश्वरमा १ हजार ३ जना, तादीमा ६९५ जना, सुर्यगढीमा ३६९ जना, किस्पाङमा ३७२ जना, म्यागङमा ४३५ जना, तारकेश्वरमा ४४३ जना, लिखुमा ५३७ जना, पञ्चकन्यामा ४५८ जना, शिवपुरीमा ६०७ जना र ककनीमा १ हजार ६१ जना बालबालिकाको जन्मदर्ता नभएको तथ्यांक छ ।

यसैगरी, गाउँपालिकातर्फ दुप्चेश्वरमा कुल २ हजार ३३८ जना, तादीमा १ हजार ४७८ जना, सुर्यगढीमा १ हजार २८९ जना, किस्पाङमा १ हजार ४०१ जना, म्यागङमा १ हजार १५३ जना, तारकेश्वरमा १ हजार ३१७ जना, लिखुमा १ हजार ४९४ जना, पञ्चकन्यामा १ हजार ७८ जना, शिवपुरीमा १ हजार ३१९ जना र ककनीमा २ हजार २४४ जना बालबालिकाको जन्मदर्ता रहेको छ ।

जन्मदर्ता नहुनुमा पारपाचुके, विविध पारिवारिक उल्झनको कारणले छुटिएको आमाबुबा, अत्यावश्यक काम नपरी आफ्नो बालबालिकाको जन्मदर्ता नगर्ने लगायतका कारण बालबालिकाको जन्मदर्ता नभएको प्रतिवेदनमा उल्लेख छ । संविधानले जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने प्रावधान राखे पनि सडक बालबालिका, परिवार त्याग गरेका बालकालिका कानूनी पहिचानबाट वञ्चित हुनुपरेको छ ।

जिल्लामा १ लाख २८ हजार ९९८ पुरुष र १ लाख ३४ हजार ३९३ महिला गरी कुल २ लाख ६३ हजार ३९१ जना देखिएको छ । जसमा २ हजार ४९४ पुरुष र २४९ महिला गरी कुल २ हजार ७४३ जनाको संस्थागत तथ्यांक छ । वार्षिक जनसंख्या वृद्धि दर ०.५ प्रतिशतका दरले जनसङ्ख्या वृद्धिमा ऋणात्मक देखिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ छ जुन कूल जनसंख्याको ०.०१ प्रतिशत हो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top