sujim advert

तुप्चे र बाघखोर सडकले फेरिँदै जीवनस्तर

सुनील श्रेष्ठ     ३ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

sita adhikari nuwakot poulty business
bidur tax consultancy services in nuwakot

नुवाकोट – भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालय नुवाकोटको स्थापना २०७५ मा भएको थियो । कार्यालय प्रमुख वीरेन्द्रकुमार बज्राचार्यकाअनुसार नुवाकोट र रसुवा जिल्लामा १४ वटा बहुवर्षीय सडकमध्ये १२ वटा कालोपत्रे सडक स्तरोन्नति र दुई वटा ग्राभेल सडक योजना रहेको छ।

“प्रादेशिक सडकको मुख्य उद्देश्य भनेको दुई वा तीन पालिका जोड्ने कार्य रहेकोले नुवाकोट र रसुवाको एकसय किलोमिटर सडकको कालोपत्रे स्तरोन्नति गर्ने लक्ष्य लिईएकोमा हालसम्म २८ किलोमिटर कालोपत्रे भईसकेको उनले जानकारी दिए । बाँकी ३२ किलोमिटर आगामी आवमा सडकको स्तरोन्नति कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए । चालुआर्थिक वर्ष २०७८/७९ सम्ममा १ अर्ब ३८ करोड २० लाख रुपैंयाँ पूँजीगत बजेट रहेकोमा हालसम्ममा ३२ प्रतिशत खर्च र ५८ प्रतिशत चालु खर्च भएको उनले जानकारी दिए ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय नुवाकोटको कुल ३१ करोड ३६ लाख ३१ हजार ५७५ रुपैंयाँ लागतमा विदुर नगरपालिको तुप्चे-सोले-महादेवखर्कदेखि म्यागङ गाउँपालिकाको देउराली सडकको स्तरोन्नति गरिएको छ ।

सडकको निर्माण र सवारीको चाप बढेपछि सदरमुकाम विदुरदेखि उत्तरपश्चिममा रहेको तुप्चे बजारका रुपमा स्थापित भएको छ । विदुर नगरपालिका र म्यागङ गाउँपालिका जोड्ने सडकको स्तरोन्नति पछि अहिले यो बजार निकै व्यस्त र चहलपहल देखिन्छ । प्रादेशिक सडक निर्माणपछि विदुर नपा-७ तुप्चे महादेवबारीकी सीता अधिकारी पोल्ट्री व्यवसायी फस्टाएकोमा खुशी छिन् ।

“सडक कालोपत्रे नहुदाँ बोकेरै दाना ल्याउनुपर्ने बाध्यता थियो”, उनीले भनिन् “घरको आँगनसम्म गाढीमै सामान ल्याउन र बजारसम्म अण्डा बिक्री वितरण गर्न सजिलो भएको छ। धेरै टाढा बोकेर लग्न परेन।”

बिहान जुरुक्क उठ्ने बित्तिकै कुखुराको रेखदेखमा लाग्ने उनलाई कान्छो छोराबुहारीले व्यवसायमा सघाउ पुर्याउँछन् । उनी बिरामी श्रीमानको रेखदेखमा समेत ध्यान दिन र उपचारमा पक्की सडकले सहज गरिएको बताउँछिन् । दिनहुँ ६ बाकस अण्डा बिक्री वितरण गर्न बजार लगिने उनले बताईन् । उनीसँग अहिले एक बुलेरो गाडी र एक स्कुटर पनि छ । बजारको मागअनुसार अण्डा अहिले पुर्याउन आफ्नै साधनको प्रयोग गर्छन् । जसले गर्दा बजारमा छिट्टै पुर्याउन सहज हुनुको साथै आर्थिकस्तर पनि बढेको बताईन् ।

विदुर नगरपालिका-७ का वडाध्यक्ष रविन्द्र नेपाल

विदुर नगरपालिका-७ को वडाध्यक्ष रविन्द्र नेपालले वडाको ग्रामिण भेग अन्तर्गतको सडकको स्तरोन्नतिपछि वडावासीमा यातायातको सहजता भएको बताए । वर्षाको समयमा हिलाम्मे हुदाँ कच्ची सडकमार्फत् स्वास्थ्य उपचारमा कठिनाई भई र एम्बुलेन्स समयमा आउन नसक्दा केहिले अकालमा ज्यान गुमाउनु परेको उनले तितो घटना सुनाए ।

“विकासको पहिलो सूचक सडक भएकोले अहिले कालोपत्रे सडक स्तरोन्नति पश्चात् जिल्ला अस्पतालको एम्बुलेन्स १५ मिनेटमै आउन सक्ने वातावरण भएको छ”, उनले भने “त्यस्ता किसिमको समस्याबाट अहिले जनताले मुक्ति पाएको छ ।”

कालोपत्रे सडकपछि निर्माण सामाग्री ढुवानी गर्न जनतामा सहज भएको र वडाको त्यस भाग प्याज र धानलगायत कृषि उपज सामाग्रीहरु बिक्री वितरणको लागि बजारसम्म पुर्याउन सहज भएको बताए । वर्षाले केहि स्थानमा पहिरोको कारण सडक छेउ ढुंगा, माटो, गेगर थुप्रिएको छ । वडाकै पहल पूर्वाधार विकासको समन्वयमा विदुर नगरपालिकामार्फत त्यस्ता अवरोधहरु सफाई गर्ने प्रतिबद्धता जनाए ।

सोहि सडक अन्तर्गत रहेको समुन्द्रादेवी आधारभूत विद्यालयका शिक्षिका सिर्जना चालिसेले सडक बनेपछि विद्यालयमा विद्यार्थीहरु नियमति आउन सहज भएको बताईन् । यसअघि वर्षामा ससाना उमेरका विद्यार्थीहरु विद्यालय हिँडेर आउँदा बाटोमै लड्ने, विद्यालय पोशाकमा हिलो लाग्ने लगायतका समस्या हुने गरेको तितो अनुभव सुनाईन् । घरबाट विद्यालय आउँदा र विद्यालयबाट घर जाँदा विद्यार्थी सकुशल पुगे नपुगेको भनि एक किसिमको भय रहने गरेकोमा अहिले सडक कालोपत्रे भएपछि त्यस्तो समस्याबाट पार भएको बताईन् ।

यस्तै, पूर्वाधार विकास कार्यालयको कुल २३ करोड ६४ लाख २३ हजार ९३२ रुपैंयाँ लागतमा बेलकोटगढी नगरपालिकाको निरञ्जना-बाघखोर सडकको स्तरोन्नति गरिएको छ ।

बेलकोटगढी नगरपालिका–८ स्थित जिलिङका स्थानीय ईश्वरी अधिकारी

ईश्वरी अधिकारीले बेलकोटगढी नगरपालिका–८ स्थित जिलिङ गाउँको पार्वतीचौरस्थित सडकको छेउमा एक छाप्रोमा किरानाको व्यवसाय सुरु गरिन् । निरन्जना-बाघखोर सडकमा पर्ने त्यो दोबाटोमा त्यसअघि एकाध छाप्रो पनि थिएन । भाडामा छाप्रो लिएर सुरु गरेको उनको व्यवसाय अहिले फस्टाएपछि ट्रस्ट भवन बनाइसकेकी छिन् । बागेश्वरी आधारभूत विद्यालयको अगाडी घुम्तीमा रहेको पसल सडकको स्तरोन्नतिपछि पसलको व्यवसाय फस्टाएको बताईन् ।

“सडकले यस्तो सम्मको फड्को मार्ने अनुमान गरिएको थिएन”, उनीले भनिन् “सडकको स्तरोन्नतिपछि पसलमा आवश्यक सामानहरु बजार प्रतिनिधिहरुले पसलमै ल्याईदिने भएकोले समय र आर्थिकस्तरमा समेत सुधार भएको छ।”

जिलिङ स्वास्थ्य चौकीमा बिरामीलाई उपचार गर्दै अनमी शर्मिला सुवेदी

जिलिङ स्वास्थ्य चौकीका अनमी शर्मिला सुवेदीले सडक विस्तारपछि स्वास्थ्य चौकीमा स्थानीय बिरामीलगायत बाघखोर, नलगाउँका बिरामीहरु पनि बढेको बताईन्। स्वास्थ्य चौकीबाट मुख्यतः गर्भवती सेवामा सहजत पुगेको बताईन् । आपतकालीन अवस्थामा एम्बुलेन्स समयमै आउने गरेकोले रिफर गर्नुपर्ने बिरामीले सहज रुपमा समयमै उपचार पाउन सकिरहेको बताईन् ।

स्थानीय सावित्री पुडासैनीले सडक बनेपछि खेतबारीमै गाडी आउने गरेको र कृषि उपज सामग्रीहरु मकै, धान बिक्री गर्न सहज भएको बताईन् ।

“सडकले घरमा पालेको भैंसीको दुध सङ्कलन केन्द्रसम्म पुर्याउन सहज भएको छ”, उनले भनिन् “पहिले बाटो चिप्लो भइ गाडी, मोटरसाइकल समेत चल्न मुस्किल हुदाँ दुध बेच्न गाह्रो हुने गरेको थियो । कहिले दुध खेर जानेको गरेको थियो ।”

वर्षा लागेपछि जेठबाट गाउँमा गाडी नआउने र दशैं लागेसी मात्र गाडी आउने गरेकोले अहिले सडक बनेपछि दिनचर्या गर्न सहज भएको बताईन्। सडक सञ्जालसँग जोडिएसँगै यस क्षेत्रका मानिसको सामाजिक र आर्थिक अवस्थामा समेत निकै परिवर्तन आएको छ ।

अहिले व्यावसायिक कृषि खेती र पशुपालन व्यवसाय सञ्चालन हुन थालेका छन् । पशुपालन र व्यावसायिक खेती प्रणालीले यहाँका मानिसको आर्थिक अवस्थामा निकै सुधार आएको छ । पहिलाका ऋणिहरु अहिले साहु महाजन बन्न थालेका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top