२०८०, १५ चैत्र बिहीबार

कुमारी स्मार्ट लगिन गरे १० हजार नगद पुरस्कार पाउने

डबली खबर     भाद्र १ २०७८ ०८:०४

kumari-bank
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी ‘कुमारी स्मार्ट लगिन च्यालेन्ज’ नामक आकर्षक अभियान शुरु गरेको छ ।

उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले रु १,००० का दरले पुररस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार रु १०,००० नगद प्राप्त गर्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुन ग्राहकवर्गहरुले सो अभियान शुरू भएको १ महिनासम्म कुमारी स्मार्ट एपमार्फत आफ्नो खाताको विवरण हेर्ने अथवा टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्ने न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ । सो अभियान भाद्र १ २०७७ देखि सुरू हुँदैंछ ।

कुमारी बैंकले डिजिटल प्रणालीमार्फत सधै आफ्नो सेवाग्राहीहरुमा उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ साथै यस अभियान मार्फत डिजिटल कारोबारलाइ अझ प्रोत्साहित गर्दै यस महामारीको विषम परीस्थितिमा डिजिटल प्रविधिको प्रयोगद्घारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top