२०८१, १२ बैशाख बुधबार

दुप्चेश्वरमा ६४ शिवलिङ्गका मूर्ति प्रतिस्थापन

डबली खबर     श्रावण २० २०७८ १६:०८

shivaling dupcheshwor mahadev mandir
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – दुप्चेश्वर गाउँपालिकास्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा ६४ शिवलिङ्गका मूर्ति प्रतिस्थापन गरिएको छ । साउने सोमबारको अवसरमा साउन १८ गते विधिवत् पूजापाठ गरी मूर्ति प्रतिस्थापन गरिएको हो ।

दोस्रो पशुपतिनाथको रुपमा परिचित नुवाकोटको धार्मिक तथा ऐतिहासिक मन्दिरको रुपमा रहेको दुप्चेश्वर महादेवको मन्दिरमा दुप्चेश्वर गाउँपालिकाका स्थानिय सुशील खड्काले करिब १० लाख रुपैयाँमा मन्दिरमा ६४ शिवलिङ्गका मूर्ति प्रतिस्थापन गरेका हुन् । मन्दिरमा खड्का परिवारको तर्फबाट १२ ज्योतिष लिङ्ग र शेषशैया नारायणको मूर्ति पनि प्रतिस्थापन गरिएका छन् ।

दुप्चेश्वर काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष समेत रहेका शुशिल खड्काले मन्दिरमा एकैपटक सबै भगवानको दर्शन गर्न पाइने भएको आफ्ना पुर्खाको नाममा मन्दिरमा ६४ शिवलिङ्ग, १२ ज्योतिस लिङ्ग र शेषशैया नारायणको मुर्ति स्थापना गरेको बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top