२०८१, १४ बैशाख शुक्रबार

बन्दाबन्दीमा रुम टु रिडको साक्षरता कार्यक्रम प्रभावकारी

डबली खबर     असार २२ २०७७ १५:४३

effective education of room to read in nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – वैकल्पिक विधीबाट पनि सिकाईमा सहजीकरण गर्दै साक्षरता कार्यक्रम विश्वव्यापी महामारी कोरना भाईरस (कोभिड-१९)का कारण सबै क्षेत्र ठप्प प्राय छन् । विभिन्न क्षेत्र मध्ये शिक्षा वा सिकाई अभियान अहिले अवरुद्ध भएको छ । सरकारले सिकाई अभियानलाई निरन्तरता दिनका लागि दुर शिक्षाको माध्यामबाट पठनपाठन गराई रहेको छ । विद्यालय तथा स्थानीय तहहरुले विद्यार्थीको घरसम्म नै पुगेर टोल शिक्षा शुरु गरेका छन् ।

कोभिड-१९ को संक्रमणबाट स्वास्थ्य सुरक्षित गर्दै सिकाईलाई निरन्तरता नदिने हो भने महामारी कहिले सकिने हो, त्यतिन्जेल हाम्रो शिक्षा क्षेत्र निकै नै पछाडी पर्ने छ । सिकाई कार्य रोकिँदा जीवन नै अवरुद्ध भएको महशुस हुनेछ ।

साक्षरता कार्यक्रम नुवाकोटमा रुम टु रिडको आर्थिक सहयोगमा पढनको लागि कोठाको प्राविधिक सहयोगमा रुडेक नेपालले जिल्लाका विभिन्न ७८ वटा सामुदायिक विद्यालयमा बन्दाबन्दी अघिदेखि नै संचालन रहेको रुडेकका अध्यक्ष मीनकुमार केसीले बताए । पढ्ने सीप र बानीको विकासमा सहयोग गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

बन्दाबन्दीको कारण बिद्यालयहरु बन्द भएपछि कार्यक्रमले विद्यार्थीहरुलाई फरक ढङ्गबाट सिकाई भइरहेको छ । बन्दाबन्दी सुरु हुने बित्तिकै बालबालिकाको मनोबिज्ञानमा नकारात्मक असर नपरोस भनेर रेडियो कार्यक्रमको माध्यामबाट बालबालिकालाई सिकाई सहजीकरण गरिरहेको रुम टु रिडका जिल्ला प्रबन्धक सुशील तिमिल्सिनाले बताए । रेडियो स्कुल नामले सञ्चालित गतिविधि साना बाबुनानीलाई कसरी लेख्न पढ्न सिकाउनेदेखि बालबालिकाकै आवाजमा कार्यक्रम सञ्चालित भइरहेको छ । जसका कारण कलिला बालबालिकालाई कार्यक्रम सित आर्कषित गर्दै सिकाईमा सहजीकरण गरिएको छ ।

त्यस्तै सामाजिक संजालको माध्यामबाट बिभिन्न बाल कथाको रमाईला भिडियोको माध्यामबाट पनि उनीहरुको अभिभावकहरुको सहयोगमा सिकाईमा सहयोग पुराइएको छ । बालबालिकालाई ब्यस्थ राख्न , सिकाईमा सहयोग गर्न बाल चित्र कला प्रतियोगिता आयोजना गर्ने सामाजिक संजालको माध्याबाट पनि त्यसलाई धैरै भन्दा धेरैको पहुँचमा पुर्याउने कार्य गरिएको छ ।

बन्दाबन्दीको समयमा अभिभाबक मार्फत पनि सिकाईमा निरन्तरताको लागि कक्षा १ र २ का ६ सयभन्दा बढी अभिभावकहरुलाई फोनको माध्यामबाट बालबालिकाको सिकाईमा सहजीकरण गरिएको छ । सरकारले बन्दाबन्दीको मोडालिटीमा परिवर्तन गरेसँगै साक्षरता सहजकर्ता आफनो घर नजिक रहेका विद्यालयहरुमा समन्यव गरी ति विद्यालयहरुको टोल शिक्षा तथा घरघरमा पुस्तक अभियान सञ्चालन गरी रहेका छन् ।

अभियानले बन्दाबन्दीकै अवधिमा पाँच सय ५० भन्दा बढी पुस्तकहरु विद्यार्थीको घरमा पुर्याएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top