२०८०, १५ मंसिर शुक्रबार
social securities awareness bidur municipality

प्रभावकारी बन्दै काठ उपचार प्रविधि

    असार १४ २०७५ ११:१४

Disodium Octborate-tetrahydrate
pratik book and stationery center in nuwakot

विदुर । पुनःनिर्माणको समयमा घर निर्माणमा प्रयोग हुने काठको गुणस्तरमा ध्यान नदिदा धेरै घरहरुले प्रयोग गरिरहेको काठ २/३ वर्षसम्ममा किराले खाने र घरनै खतरामा पर्ने सम्भावना बलियो भएको समयमा नुवाकोटमा नयाँ प्रविधि भित्रिएको छ ।

नुवाकोट जिल्लामा काम गरिरहेको सहायता सामाजिक संस्थाले प्राक्टिकल एक्सन नेपालसँगको सहकार्यमा संचालन गरिरहेको पुनः निर्माणका लागि निर्माण सामाग्रिको आपुर्ति श्रृंखला सवलीकरण परियोजनाले यो प्रविधि भित्रियाएको हो । परियोजनाले एएसएफसँगको सहकार्यमा डिडोडियम अक्टोबर-टिेट्राइड्रेट (Disodium Octborate-tetrahydrate -DOT) प्रविधिमार्फत काठको उपचार गर्ने प्रविधि भित्रियाएपछि नुवाकोट जिल्लामा घर वनाउने धेरैले लाभ प्राप्त गर्ने भएका छन् ।

नुवाकोट जिल्लाका बाहुनवेसि, थानसिंङ, तिगाउँ, तुप्चे, गौरीवेसी तथा भाल्चेमा रहेका फर्निचर उद्योगमार्फत यो प्रविधिको प्रयोग भईरहेको सहायता सामाजिक संस्थाका कार्यक्रम संयोजक घनेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । यो प्रविधिमा वोर्याक्स र वोरीक एसिडको मिश्रणलाई पानीमा घोली काठलाई चोपलेर काठको उपचार गरिने बाहुनवेसिमा रहेको स्थानीय व्यवसायी अर्जुन फर्निचरका रामचन्द्र भण्डारीले वताउनुभयो । काठको उपचार भए नभएको तुरुन्तै जाँच गर्न सकिने भएकोले यसमा विस्वासनियता वढि स्थानीय व्यवसायी भन्नुभयो ।

सस्तो, वातावरण मैत्रि तथा आगोले समेत ढिला टिप्ने किसिमको भएकोले यो ग्राहाकले धेरैनै रुचाएको भाल्चेका व्यवसायी सुजन तामाङको अनुभव छ । यो प्रविधिको प्रयोग गर्दा प्रति क्युफिट काठमा ८० रुपैयाँसम्म लागत वढ्न जाने तिगाउँका अर्का व्यवसायी लालबहादुर तामाङको अनुभव छ । तुप्चेका मेनुका अधिकारीले समेत यो प्रविधिवाट उपचार गरिएको काठ प्रयोग गरी घर वनाएकोले आफुलाई ढुक्क भएको बताउनु हुन्छ । थोरै खर्चमा धेरै फाईदाको महशुस भएकाले यो प्रविधि प्रयो गरेको काठको उपयोग गरेर ढुक्क भएको उहाँले बताउनुभयो ।

यो प्रविधि प्रयोग गरी काठको उपचार गरेको खण्डमा काठको आयुलाई १५ वर्ष भन्दा माथिसम्म वढाउने सकिने प्राविधिक सहयोग गर्ने संस्था एएसएफ का चर्तुभुज शाहि वाताउनुहुन्छ । आफनो फर्निचरमा निर्माण गरिएको काठमा उपचार गर्दा समेत थप शुल्क नलिने गरिएको थानसिंङका व्यवसायि निरन्जन श्रेष्ठ वताउँछन् ।

हाल सम्म नुवाकोटका २०० वढि घर निर्माणका क्रममा यसरी उपचार गरिएको काठको प्रयोग भएको व्यवसायिहरु सँग रहेको तथ्याङक वाट पुस्टि हुन्छ । जस्का आधारमा पनि यो प्रविधि प्रति स्थानियको आर्कर्षण रहेको पुष्टि हुन्छ । तादिका आईत वहादुर तामाङले यो प्रविधि वाट उपचार गरिएको काठ प्रयोग गर्दा आफुलाई जम्मा जम्मि ३०० रुपैयाँ वढि परेको वताउनु भयो । उहाँ थप्नु हुन्छ सन्तिुष्टिको तुलनामा यो लागत केहि होईन । उहाँ यो प्रविधिको प्रयोग गर्न सवै उपभोक्ता लाई आग्रह समेत गर्नु हुन्छ ।

नुवाकोटमा छोटो समयमा नै यो प्रविधिको प्रभावकारीता वृद्धि भए सँगै अन्य ठाउँ वाट समेत सहयोगका लागि माग रहेकोे सहायता सामाजिक संस्थाका वशुराम रिजालले जानकारी दिनुभयो । यो प्रविधि प्रभावकारी कम लगानिमा समेत गर्न सकिने भएकोले आगामी दिनमा अन्य क्षेत्रमा रहेका फर्निचरमा पनि प्रयोग गर्ने योजना रहेको रिजालले वताउनुभयो । ठुलो जिल्ला सिमित श्रोत तथा साधनको उपयोगबाट एकै पटकमा जिल्लाभर गर्न नसकिएको कार्यक्रम संयोजक घनेन्द्र प्रसाद रिजाल वताउनु हुन्छ । उद्योगि तथा परियोजनाको लागत सहभागिताका आधारमा यस्तो प्रविधिको विस्तार गरिरहेको रिजालले वताउनु भयो । काठको उपचार गर्नको लागि जिल्लाका ६ स्थानमा स्थाई पोखरी निर्माण गरी स्थानिय फर्निचर व्यवसायीहरुको सहभागितामा काम भईरहेको समेत जानकारी रिजालले दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top