sujim bazar advert

रसुवाका स्वास्थ्य चौकी र अस्पताल निर्माण

    बैशाख २१, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Logo of Nepal Redcross Society
Big Education Consultancy Nuwakot
global ime bank flash loan

रसुवा/विसं २०७२ को भूकम्पले क्षति पु¥याएको जिल्लाका सबै स्वास्थ्य चौकी र अस्पताल पुनःनिर्माण भएपछि ग्रामीणवासीको उपचार सेवामा सहज भएको छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख डा गुणनिधि शर्माका अनुसार जिल्लामा स्थापित १८ स्वास्थ्य चौकी र एक जिल्ला अस्पतालमध्ये एक प्राथमिक स्वास्थ्य चौकी बाहेक १८ स्थानका संरचनामा क्षति पु¥याएकाले रेडक्रस र गैरसरकारी संस्थाको सहयोगमा पुनःनिर्माण भएपछि उपचार सेवा प्रदान गर्न सहज भएको हो ।

निर्माण भएका स्वास्थ्य संस्थामध्ये प्रिफेव्रिकेटेड मोडलबाट नेपाल रेडक्रसले १५ सय्याको जिल्ला अस्पताल, करुणा फाउण्डेशन नामक गैससले प्रिफ्याफ मोडलको १० वटा स्वास्थ्य चौकी नयाँ निर्माण र तीन वटा सवलीकरण, माथिल्लो त्रिशूली–१स्थित २१६ मेगावाटको विद्युत आयोजनाले एक, सेभ द चिल्ड्रेन नामक गैससले एक र शहरी विकासअन्तर्गत भवन डिभिजनले दुई वटा स्वास्थ्य चौकी निर्माण गरेको बताइएको छ ।

भूकम्पको असरले स्वास्थ्य चौकी भत्किएपछि पुनःनिर्माणमा दाताहरुले गरेको योगदान अविस्मरणीय रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

त्रिपालमुनि सञ्चालन गरिएको जिल्ला अस्पताल र गाउँगाउँका स्वास्थ्य चौकीको पुुनःनिर्माणपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शिवप्रसाद बडालले बताउनुभयो ।

जिल्ला अस्पतालको बैरङ्गबाट दैनिक २५–३० जना र अन्तरङ्ग कक्षमा साप्ताहिक रुपमा ५–६ जनाले उपचार सेवा दिइरहेका छन् । यसैगरी स्वास्थ्य चौकीमा दैनिक पाँचदेखि २० जनासम्मले सेवा लिन आउने भए पनि उपचार सेवा जनघनत्वको हिसाबले उत्तरी क्षेत्रभन्दा दक्षिणी भेगका स्वास्थ्य चौकीमा बढी चाप हुने गरेको उक्त कार्यालयले जनाएको छ । जिल्लाको जनसंख्या ४३ हजारको हाराहारीमा छ ।

भूकम्पपछि स्वास्थ्य चौकीको सुधार कार्यले धामी झाँक्रीमा विश्वास गर्ने ग्रामीणवासी अहिले पनि टाउको दुख्नासाथ सिटामोल माग्न स्वास्थ्य चौकी जाने वातावरण सिर्जना भइनसकेको जिल्ला नागरिक समाजले जनाएको छ ।

स्वास्थ्य क्षेत्रको सुधार कार्यक्रमअन्तर्गत ९० प्रतिशत स्वस्थ्यकर्मी आपूर्ति भएको, प्रत्येक स्वास्थ्य संस्थामा यथेष्ट औषधि भण्डारण रहेको र समयसापेक्ष मातहतका स्वास्थ्य चौकी अनुगमन गर्ने कार्यलाई तीव्रता दिएको बताउँदै जिल्ला जनस्वास्थ्य प्रमुख डा शर्माले कुनै रोग लागेमा नजिकको स्वास्थ्य चौकी वा जिल्ला अस्पतालमा सम्पर्क राखी निरन्तर रुपले स्वास्थ्य रहन जिल्लावासीमा आग्रह गर्नुभएको छ ।

भूकम्पको असरले पूर्ण क्षति पु¥याएका स्वास्थ्य चौकी यति चाँडो निर्माण हुन्छन् होला भन्ने हामीले सोचेकै थिएनौँ तर दाताको सहयोगबाट छिट्टै पुनःनिर्माण भयो अहिले ग्रामीणवासीमा सहज उपचारले सबै हर्षित भएको नौकुण्ड गापा लाङ्बु गाउँ बस्ने दमैसार्की घलेले बताउनुभयो उहाँका अनुसार २० वर्ष अगाडि एक चक्की सिटामोल खोज्न एक दिन लगाएर नुवाकोटको त्रिशूली जानुपथ्र्याे । अहिले सरकारले गाउँका बासिन्दालाई निकै सहज बनाएको छ ।

जिल्ला अस्पताल निर्माणमा रु चार करोड ५७ लाख खर्च भएको जानकारी दिंदै रोडक्रसले रु ४५ लाख बराबरको उपकरण र रु १९ लाख ६८ हजारको फर्निचर सहयोग एवं स्वास्थ्यकर्मी बस्नका लागि जिल्ला अस्पताल परिसरमा चार वटा आवससमेत निर्माण गरेको छ ।

उता १३ वटा स्वास्थ्य चौकी निर्माण र सवलीकरण गर्ने करुणा फाउण्डेशनका प्रमुख मन्दरशेखर बेनर्जीले स्वास्थ्यचौकी निर्माणका लागि आफ्नो संस्थाले रु पाँच करोड ५० लाख ९५ हजार रसुवा तथा नुवाकोट जिल्लाको बर्सुन्चेत, सामरी तथा मदानपुर स्वास्थ्य संस्था निर्माणमा रु एक करोड ४१ लाख ४४ हजार खर्च भएको बताउनुभयो ।

शिक्षा क्षेत्रमा सहयोग पु¥याउनसमेत आफ्नो संस्थाले सहयोग पु¥याई पाँच वटा विद्यालय भवन निर्माणमा रु एक करोड ४१ लाख ४५ हजार लगानी गरेको समेत करुण फाउण्डेशनका प्रमुख बेनर्जीले बताउनुभयो ।

आफ्नो कार्यालयमार्फत निर्माण गरेको लाङ्टाङ तथा कर्मीडाँडा स्वास्थ्य चौकी निर्माणमा रु दुई करोड १५ लाख खर्च भएको शहरी विकास तथा भवन निर्माण विभागका रसुवा डिभिजन प्रमुख धीर फडेराले बताउनुभयो । सेभ द चिल्ड्रेन संस्थाले गोल्जुङमा र माथिलो त्रिशूली–१ जलविद्युत् आयोजनाले निर्माण गरेको हाकु स्वास्थ्य चौकीको लगत भने अहिलेसम्म जानकारीमा नआएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको गोसार्इंकुण्ड गापाअन्तर्गत धुञ्चे टिमुरेको तातोपानी, लाङ्टाङको मुण्डु, बृद्धिमको खामजिङ, थुमन, आमाछोदिङमो गापाअन्तर्गत चिलिमेको थाम्बुचेत गत्लाङ गोल्जुङ, ठूलोहाकु, कालिका गापाको राम्चे, जिवजिवे उत्तरगया गापाको डाँडागाउँ, ठूलोगाउँ कर्मीडाँडा र नौकुण्ड गापाको चित्ती, पारच्याङ र यार्सामा पनि स्वास्थ्य चौकी स्थापना गरिएको छ । (रासस)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top