sujim advert

मसला उद्योग सञ्चालन

    बैशाख २०, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

भीमदत्तनगर/करीब डेढ दशक भारतको राजधानी नयाँ दिल्लीमा मजदुरी गर्दाको बखत शारीरिक रुपले अशक्त हुनु भएका कञ्चनपुरको बेतकोट नगरपालिका–७ ध्वजपुरका ३१ वर्षीय पुरनसिंह धामीले रु २० लाखको लगानीमा हालै मसला उद्योग सञ्चालन गर्नुभएको छ ।

विदेशमा कमाएर सुन्दर भविष्यको कल्पना गर्नुभएका उहाँे सडक दुर्घटनामा परी शारिरिक अपाङ्गता हुनुपरेको पीडालाई भुलेर अहिले गाउँमै विभिन्न प्रकारका मसला उत्पादन गर्ने ‘सुदूरपश्चिम मसला उद्योग’का मालिक बन्नुभएको हो । “डेढ दशक भारतमा मजदुरी गरेबापत अपाङ्गता जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो”, धामीले भन्नुभयो, “अपाङ्गता भए पनि हरेश नखाएर परिवारको खर्च टार्न ऋण लिएरै भए पनि उद्योग सञ्चालनमा ल्याएको छु ।”

गत वैशाखको पहिलो सातादेखि प्रदेश नं ७ का सबै जिल्लामा बजार विस्तार गर्ने योजनासहित उद्योग सञ्चालनमा ल्याउनुभएका धामीले बजारमा भारतीय मसलाको प्रभाव रहेकाले खपतको समस्या देखिएको बताउनुभयो । “भारतबाट मिसावटका मसालाले यहाँको बजार प्रभावित गरेको छ”, उहाँले भन्नुभयो, “व्यापारी तथा उपभोक्ताले पनि गुणस्तरको स्वदेशी मसलालाई ध्यान दिए राम्रो हुने थियो ।”

“अरूको देशमा कति दुःख गर्ने आफ्नै देशमा केही गरौँ भन्ने उद्देश्यले उद्योग चलाएको हुँ,” बैंकबाट ऋण लिएर सो उद्योग सञ्चालन गर्नुभएका धामीले भन्नुभयो, भन्नुभयो “अशक्त उद्योगी व्यवसायीलाई सरकारले प्रोत्साहन गर्ने प्याकेजहरु ल्याउनुपर्छ,।”

उद्योगबाट हल्दी, खुर्सानी, जिरा धनियाँ, मिट मसाला, सब्जी मसाला, गरम मसाला, चिकन मसाला, काली मिर्च, चिया मसाला, राइता एण्ड लस्सी मसाला, मिक्स मसाला उत्पादन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । “भारतीय मसाला सस्तो मूल्यमा पाइन्छन् भन्ने भ्रम उपभोक्तामा छ ।” दिल्लीमा समेत मसाला उद्योगमा काम गर्नुभएका धामीले भन्नुभयो, “स्थानीय उत्पादन गुणस्तरका हिसाबले निकै उपयुक्त छ ।” मसाला उत्पादनका लागि यहाँका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुराबाट कच्चापदार्थ ल्याएर उत्पादन थालिएको उहाँले जानकारी दिनुभयो ।

उद्योग सञ्चालनका सरकारी निकायबाट कुनै सहयोग नपाएको बताउँदै धामीले आयमूलक काममा लाग्नेलाई प्रोत्साहनस्वरुप विभिन्न सीपमूलक तालिम÷प्रशिक्षणसमेत दिनुपर्नेमा जोड दिनुभयो । “युवाहरु विदेशमा चरम श्रमशोषणमा पर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो, “बरु सानै लगानीबाट भए पनि स्वदेशमै केही ग¥यो भन्ने श्रमको सम्मान यहाँ मिल्छ ।” (रासस)

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top