sujim bazar advert

उपचारका लागि पत्रकार अधिकारीलाई आर्थिक सहायता

    पुस २०, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकार किरणप्रसाद अधिकारीलाई उपचारका लागि आर्थिक सहायता उपलब्ध गराएको छ । हर्नियाको अप्रेसर गरेका पत्रकार अधिकारीलाई महासंघका पदाधिकारी घरमै पुगेर १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको अध्यक्ष कपिलदेव खनालले जानकारी दिनुभयो ।

अघिल्लो साता काठमाडौंमा अप्रेसन गरेर बिदुरको ढुङ्गे स्थित घरमा आराम गरिरहनुभएका अधिकारीलाई महासंघले उपचारमा सहयोग हुने भन्दै उक्त रकम प्रदान गरेको हो । अधिकारी नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष तथा सुन्दरादेवी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक हुनुहुन्छ ।

यसै बीच, बुधवार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको बैठकले पुस २३ गतेबाट पाँच दिने आधारभूत पत्रकारिता तामिल सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाका रेडियो, टिभी, पत्रपत्रिका तथा अनलाईनमा कार्यरत प्रशिक्षार्थी पत्रकारहरुलाई पत्रकारिता र समाचार लेखनको आधारभूत सिप दिनको लागि तालिमको आयोजना गरिएको हो ।

बैठकले नयाँ सदस्यता दिन चाहानेहरुलाई आवेदन दिन पनि आब्हान गरेको छ । पुस २७ गतेसम्म प्रक्रृया पुरा गरेर नयाँ सदस्यताको लागि निवेदन दिन र पुराना पत्रकारहरुलाई आफ्नो सदस्यता नविकरणका लागि पनि नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले आग्रह गरेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top