sujim bazar advert

तरकारी खेतीका लागि ‘ड्रिप बोरिङ’

    असार २६, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

कृषिका लागि उर्वर भूमि मानिएको नुवाकोटमा पछिल्लो समयमा कृषिमा आधुनिकीकरणको विभिन्न प्रविधिहरु अपनाउन थालिएको छ ।

कृषिका लागि अति आवश्यक सिंचाईको लागि मेहनती किसानहरुले विभिन्न उपाय अपनाउँदै आएका छन् । गेर्खुटार भूमिगत जल सिंचाई उपभोक्ता समितिमार्फत नुवकोटका विभिन्न स्थानमा जमीनमूनिको पानीलाई पम्पबाट तानेर (ड्रिप बोरिङ) गरेर खेती गर्ने प्रविधिको सुरुवात भएको छ ।

भूमिगत जल सिंचाई विकास डिभिजन कार्यालयमार्फत जिल्लाका दश स्थानमा आधुनिक प्रविधिको मेसिनमार्फत पाइप जडान गरेर पानी तान्ने प्रयास गरिएकोमा ८ स्थानमा तीन इन्चदेखि ४ इन्चसम्म पानी निस्किएको छ । गेर्खु गाविस वडा नं. ३ मा दुई स्थानमा, खानीगाउँको लबले, विदुर नगरपालिका वडा नंं ३ सेरा, विदुर ४ र जिलिङ गाविस वडा नं. ३ र १ मा एक एक ठाउँमा जमीनमुनीको पानी तान्ने प्रविधि सफल भएको स्थानीय विकास कोषका कार्यकारी सचिव रामहरी पाण्डेले बताए । ‘दश स्थानमा पानी तान्ने योजना थियो, पाण्डेले भने– ‘दुई ठाउँको असफल भयो ।’

गेर्खुटार भूमिगत जल सिंचाइ उपभोक्ता समितिमार्फत खोला तथा नदी किनारका बस्तीमा सिंचाईका लागि यो प्रविधि उपयोगी भएको पाण्डेले बताए । यो प्रविधिबाट पानी निकाल्नको लागि एक ठाउँका लागि पाँच लाख रुपैयाँको हाराहारीमा खर्च लागेको उनले बताए ।

पाण्डेकै पहलमा नुवाकोटका विभिन्न गाविसका १ सय ५० ठाउँमा इनार खन्ने प्रविधिसमेत सफल हुँदै गएको छ । इनार खनेर जम्मा भएको पानीबाट तरकारी खेती गर्नका लागि यो प्रविधि पनि सफल हुँदै गएको पाण्डेले बताए । जिलिङ, खड्गभन्ज्याङ, गेर्खु, विदुर नगरपालिकालगायतका क्षेत्रमा इनार खनेर सिंचाई गर्ने प्रविधिको विकास भएको छ । २५ देखि ३५ रोपनी क्षेत्रफल जमीनमा खेती गर्नका लागि संस्थाले आवश्यक प्रक्रिया पूरा गरेर आएका समुदाय तथा व्यक्तिलाई निःशुल्क इनार खन्ने गरिएको उनले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top