२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

बिद्युत गृहको दर भुकम्प पिडितलाई

    असार १६ २०७३ १४:३०

pratik book and stationery center in nuwakot

बिदुर, २२ जेठ । मुलुकभित्र निर्माणाधीन जलविद्युत् आयोजनामा बस्ती स्थानान्तरण र जग्गा प्राप्तिको विषय प्रमुख समस्याका रुपमा रहिरहेको बेला चिलिमे जलविद्युत् आयोजनाले भने नयाँ नमुना प्रस्तुत गरेको छ ।

सबैतिर समस्याका रुपमा रहेको जग्गा प्राप्ति र प्रभावितको व्यवस्थापन जटिल बनिरहेको सन्दर्भमा चिलिमे जलविद्युत् आयोजनाले व्यवस्थित रुपमा एकीकृत बस्तीको विकास गरिदिएको छ । चिलिमे आयोजनाले निर्माण गरिरहेको सान्जेन र तल्लो सान्जेन जलविद्युत् आयोजनाबाट प्राभावित भएका १८ घरपरिवारलाई एकीकृत बस्तीको रुपमा विकास गर्ने प्रणाली नेपालको हकमा नयाँ रहेको छ । आयोजनाले रसुवाको गोल्छुङबेंसीमा १२ घर निर्माण गरेर सामूहिक बस्ती बसाएको छ भने छेन्दुममा ६ वटा घर निर्माण गरेको छ । सान्जेन आयोजनाका प्रमुख गिरिराज अधिकारीका अनुसार विस्थापितलाई आफ्नो थातथलो छाड्नु नपरोस् र आयोजनामा अपनत्व ग्रहण गरुन् भन्ने लक्ष्यका साथ एकीकृत बस्ती निर्माण गरिएको बताउनु भएको छ ।

आयोजनाले एक घर निर्माण गर्न करिब १५ लाख खर्च गरेको छ । चार कोठाको घरमा सबै प्रकारको सेवासुविधा उपलब्ध गराइएको छ । आयोजनाले बिस्थापित परिवारलाई बितरण गरेको आबास गृह समय मिलाएर सबैलाई घर उनीहरुकै नाममा गरिदिने आयोजनाले बताउँदै आएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top