२०७७, २ आश्विन शुक्रबार

अनलाइनमै नेपाली किताब यसरी निःशूल्क पढ्नुहोस्

डबली खबर     चैत्र १३ २०७६ १०:१२



ole nepal ebook pustakalaya free digital library nepal

नोभेल कोरोनाभाइरस (कोभिड-१९) अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । नेपाल सरकारले मंगलबारदेखि अत्यावश्यक सेवा बाहेक देशभर लक डाउन गरेको छ ।

आज लक डाउनको तेस्रो दिन, घरमै सेल्फ क्वारेन्टाइनमा बस्दा त्यतिकै समय व्यतित भइरहेको छ । यस्तो समयमा तपाईंले घरमै बसेर इन्टरनेटको माध्यमबाट सामाजिक संजाल चलाउने, फिल्म हेर्ने, घरमा परिवारसँग समय बिताउने बाहेक अरु विकल्पहरुको रोजाईमा छन् ।

यस्तो विषम परिस्थितिमा सन् २००८ मा स्थापना भएको ई–पुस्तकालयले नेपाली ६ हजार ८ सय ४५ वटा पुस्तकहरु अनलाइनमै निःशुल्क रुपमा पढ्न र श्रव्यदृश्य श्रवण गर्न सक्ने व्यवस्था मिलाएको छ । पुस्तकालयमा साहित्य र कला, विषयगत् सामग्री, शिक्षण सामग्री, सन्दर्भ सामग्री, अन्य शिक्षाप्रद सामग्री, पत्र-पत्रिकाहरुको अनलाईन संस्करण पढ्न सकिनेछ । पुस्तकालयमा लग इन गर्न यहाँ क्लिक गर्नुहोस् ।

डिजिटल पुस्तकालयमा रहेका पुस्तकहरु पीडीएफमा डाउनलोड गरेर आफ्नो मोबाइल तथा कम्प्युटरमा अफलाइनमा पढ्न सक्नुहुनेछ ।

पुस्तकालयले कक्षा १ देखी १० कक्षा सम्मका पाठ्यक्रमका पुस्तकहरु पनि उपलब्ध गराई आईरहेको छ । आफ्ना बालबालिकालाई शैक्षिक सामग्रीको लागि तपाईंले पढेर, अडियो सुनाएर वा भिडियो देखाएर सिकाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top