२०७७, १५ आश्विन बिहीबार

जुनियर फूटबल प्रशिक्षण

डबली खबर     श्रावण ८ २०७७ १०:३५



free junior football training after lockdown in nuwakot

विदुर, नुवाकोट – बन्दाबन्दीका कारण घरमै बस्न परेका बालबालिकाहरुलाई पिपलटार फूटबल क्लबले नि:शुल्क जुनियर फूटबल प्रशिक्षण आजदेखि सुरु गरेको छ ।

विदुर नगरपालिका-५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० जना खेलाडीहरुलाई जिल्लामा पहिलोपटक क्लबले आजबाट नियमित फुटबल खेल्न र खेलका बारेमा प्रशिक्षण दिने पिपलटार फूटबल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

जिल्लाको फूटबल खेलको विकास, प्रवर्द्धन र खेलाडी उत्पादन गर्ने लक्ष्य सहित जुनियर खेलाडीहरुलाई अहिलैबाट फूटबल खेलमा रुची र खेलको नियमवारे खेलाडीहरु जानकार हुने उद्देश्यका साथ प्रशिक्षण दिन सुरु गरिएको उनले बताए ।

जिल्ला फूटबल सघंको प्राविधिक सहयोगमा प्रशिक्षक सन्तोष थापाले नियमित रुपमा बिहान दुई घण्टा प्रशिक्षण दिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top