२०७७, १५ कार्तिक शनिबार
KC Fancy Store Nuwakot

बाह्र वर्षिय हिंसात्मक द्वन्द्वले उजाडिएका मनहरु

शेर बहादुर शाही     श्रावण २९ २०७७ १६:४८



KC Fancy Store Nuwakot

Twelve years of violent conflict have devastated minds

२०५२ साल फाल्गुण १ गते आमुल परिवर्तनको दस्तावेजसहित माओवादीद्वारा क्रान्तिको उद्घोष रुकुम रोल्पाकै अति विकट वस्तिबाट सुरु भयो । सर्वहारा वर्गको लक्ष पुरा गर्नको लागि बलिदानी वीरताको नयाँ श्रृंखला खडा गर्नुपर्छ भन्दै राज्य व्यवस्थामाथि हमला गर्न थाले र राज्यपक्षले पनि दुर्गम वस्तिमा सैन्य अप्रेसन सुरु गर्‍यो । सैन्य अप्रेसन सँगसँगै माओवादीका अनेकौं क्रियाकलापहरुलाई निस्तेज र बन्देज गराउन बस्ति–बस्तिहरुमा राज्य पक्षले दमन गर्न थाल्यो । राज्यपक्षबाट आफ्ना मागहरुको सुनुवाई नभएपछि माओवादी क्रुर दमन र अत्याचारबाट आक्रोश् पोख्न थाले र सांघातिक आक्रमण थवाङबाट सुरु गरि त्याससँगै देशभरि क्रान्तिको बिगुल फुकियो । समाज परिवर्तनको सपना संगाल्दै पश्चिम नेपाल आधार इलाकाबाट गरिबी, अशिक्षा र अन्यायमा परेका श्रमजिवी वर्गको उत्थानमा भन्दै १४ अञ्चल, ७५ जिल्लामा मोर्चावन्दी र चलायमान कर्म साथ अगाडि बढे । त्यस क्रममा म कक्षा ५ मा पढ्दैथिएँ । देश हिंसात्मक गतिविधीले ओतप्रोत थियो । मैले माओवादीको हुन् र कस्ता हुन्छन् भनेर देखेको पनि थिइन । बिहानीको सुर्योदयसँगै क्षितिजपारीको डाँडाबाट २ जनाको संख्यामा झोला बोकेका मानिस आउँदै थिए भने अर्को गाउँमा पैहरी हातहतियार सहित अप्रेसनको लागि गाउँ पसेको छ रे भन्न्ने हल्ला सुनियो । आम गाउँलेहरु डर र त्रासले थरथर काँप्न थाले । त्यस लगत्तै माओवादीका छापामार सहित सयौंको संख्यमा लस्करै फर्मेसनमा लामबद्ध भएर आएका हतियारधारी देख्यौं । माओवादीका हतियारधारी लालसेना अमानविय र हिंश्रक हुन्छन् भन्ने सुनेका हामीलाई त्रास थियो । हामीलाई त्यस्तो लाग्नु स्वाभाविक नै थियो ।

कम्युनिष्टहरु ऐतिहासिक भौतिकवाद संश्लेषणको आधार संसारका क्रन्तिका सच्चा कम्युनिष्टहरु युद्ध चहाँदैनन् र युद्ध गर्छन त मानव जातिको मुक्तिको लागि क्रान्तिको झण्डा बोक्नैपर्छ भनेर लामवद्ध भए ।

देश नै हिंसाले लुप्त भैसकेको अवस्थामा एउटा सर्वसाधारण गाउँले त्रसित हुनु नौलो होइन । केही समयपछि प्रहरी चौकीमा जवाफी फायर मात्र के खोलिएको थियो, पैहरी हताहत र भागाभाग मात्र भए होला । सायद प्रहरी कम संख्यामा भएको कारण भिडन्त गर्न सकेनन् । केही समयपछि राज्यका कुकुरहरु भन्दै माओवादीले हुलाक, बैंक, प्रहरी चौकी लगायत सरकारी कार्यालयका भौतिक संरचनाहरुमाथि मट्टितेल हालेर आगजनी गरियो । देशैभर जवाफी कारवाही र अप्रेसनमा तल्लिन सरकार पक्षको विकट क्षेत्र, गाउँवस्ती बाट खुम्चिदै सदरमुकाम केन्द्रित भएकाले माओवादीका लालसेनालाई निस्तेज र नियन्त्रण गर्न चुक्दै गएकोले डोटी जोरायल ऐतिहासिक र कारुणिक जनक्रान्तिको आधार इलाका बन्न सफल भयो ।

हिंसात्मक क्रान्तिका अनेकौं श्रृंखलाहरु पार गर्दै माओवादीको क्रान्तिको छलाङडोटी जोरायलको वस्ती वस्तीहरुमा पुग्यो । अशिक्षा, अन्याय, अत्याचार र पिछडिएका वर्गलाई समाज परिवर्तनको एक्काइसौं शताब्दीका राता मान्छे बन्न अभिप्रेरित गरियो । परम्परागत र ऐतिहासिक मूल्य र मान्यताको जगमा उभिएको डोटीको जोरायलमा त्यति ठुलो अन्याया,अत्याचार र विभेद नदेखिएतापनि लुप्त रुपमा धनी–गरिब, छुवाछुत र हलिया प्रथाले आंशिक रुपमा ग्रसित त थियो नै, त्यसै क्रममा वर्गसंघर्षको लागि मुक्तिगामी मोर्चामा सहभागि हुनुपर्छ भन्दै आदिवासी, जनजाति र आर्थिक रुपले पिछडिएका विपन्न वर्गका मानिसहरुलाई वैचारिक प्रशिक्षण दिदै संगठनात्मक रुपले मोर्चामा आवद्ध हुन अपिल गरियो ।

कतिपय मानिसहरु आमुल परिवर्तनको दिवा सपना देखेर नै क्रान्तिमा सहभागि भए भने कोही जातिय विभेद र असमानताको पराकाष्टा का विरुद्धमा उभिन बाध्य भए । कोही २००७ साल, २०४७ साल अघि नै क्रान्तिकारी विचार हुँदाहुँदै पनि २०५२ सालको क्रान्ति नै साश्वत र उदाहरणीय हो भनेर कम्युनिष्टहरु ऐतिहासिक भौतिकवाद संश्लेषणको आधार संसारका क्रन्तिका सच्चा कम्युनिष्टहरु युद्ध चहाँदैनन् र युद्ध गर्छन त मानव जातिको मुक्तिको लागि क्रान्तिको झण्डा बोक्नैपर्छ भनेर लामवद्ध भए । कोही साम्यवाद र फाँसीवादी राज्यसत्ताको विरुद्धमा प्रतिशोधको भावना बोकी माओवादी जनयुद्धमा लागे भने कोही बन्दुक देखाएर सित्तैमा खान पाइन्छ भनेर, जाँगर नभएका पाखण्डीहरु पूँजीवादीका महलहरु भत्काएर केही पाइन्छ भन्ने आशमा, कोही समामाजिक प्रतिष्ठाबाट आँच आएका, विकृति र विसंगतीका भागेदारहरु पासा पल्टिएमा प्रतिशोधको भावनाबाट वदला लिने दाउमा माओवादीमा प्रवेश गरे ।

सर्वहारा वर्गको लक्ष पुरा गर्नुपर्छ भन्ने मान्यताका साथ माओवादीमा लागेर भुमिगत भई ढाडमा टेकेर टाउकोमा हान्नुपर्छ भन्दै आक्रमणका कार्यविधी तयार गरेर जनमुक्ति सेना नेपाल खालीपेट र नाङगो खुट्टाले मोर्चाबन्दी जवाफी आक्रमण गर्दै थियो भने यता छापामार क्रान्तिको सकारात्मक सन्देश र जनक्रान्तिको उदेश्यका बारेमा गाउँवस्तीका आधार इलाकाहरुमा कोही जनसमुदायलाई विश्वस्त पार्दै थिए ।

त्यसपछि निस्तेज र दमनको मध्य अवधिमा देशैभर विध्वंस मच्चिरह्यो । बारुदको धुवाँले आकाश ढाकिँदै थियो, घाइतेहरुको चिच्याहटले भिरपाखाहरु हल्लिरहेका थिए भने बम र गोलीको प्रहारले धर्ती हल्लिरहेको थियो । उही मौकामा धमिलो पानीमा माछा मार्ने अराजक तत्व पनि हावी हुन थाल्यो । त्यही अराजक अवसरवादी तत्वले समाजमा असली कम्युनिष्टको नाम बेचेर चतुर्‍याईं र बदलाको भावना लिई साम्रज्य जमाइरहेका थिए भने तराईमा प्लिलेचोर नामका डाकाहरुले भयभित र आतंकित गराइरहेका थिए ।

धार्मिक विधि अनुसार नित्यकर्म गर्नेहरु तथा धार्मीक संघसंस्थाहरुमा माओवादीहरुले उत्शृंखल गतिविधी बढाउँदै लगे ।

माओवादी हुँ भन्दै सर्वस्वहरण गर्ने र कालान्तरमा आफ्नो दुनो सोझ्याउने दाउमा केही व्यक्ति लागेका थिए । यता मिलिसियाले पनि शाही फाँसीवादी सत्ता परिवर्तन विरुद्ध भन्दै एक घर एक अभियानको नारा दिएर आफुप्रति आकर्षित गर्दैथिए । समाजमा केही पुँजीवादी र अटेर गर्ने शोसक जमिनदारहरुलाई र जनक्रन्तिको अवज्ञा गर्ने उच्श्रृंखल समुह र लैंगीक हिंसाका भागेदारहरुलाई माओवादी छापामारले भाटे कारवाही अभियान मार्फत सफइ दिदैथियो । धार्मिक विधि अनुसार नित्यकर्म गर्नेहरु तथा धार्मीक संघसंस्थाहरुमा माओवादीहरुले उत्शृंखल गतिविधी बढाउँदै लगे । धार्मिक अनुष्ठा बोकेका वैदिक सनातन मूल्य र मान्यतामा आवद्ध भएका भक्तजन एवं धर्मगुरुहरका टुप्पी काट्न सम्म माओवादी छापामारहरु अगाडि देखिए । यसरी धार्मिक मठमन्दिर र ऐतिहासिक धरोहरमाथि छामारद्वारा बज्रपात भयो । समाजमा माओवादी सशस्त्र युद्धका त्रासले उद्यमशिल र उर्जावान युवाहरु सुरक्षा र आत्मरक्षाका लागि तराई र सदरमुकामतर्फ लागे भने आर्थिक रुपले विपन्न वर्गका युवाहरु वाध्यताले माओवादी युद्धमा सामेल भए ।

गाउँ गाउँमा जनयुद्धको लहर थियो । बालकदेखि वृद्धसम्म, महिलादेखि पुरुषसम्म लस्करै त्यो अभियानमा लामवद्ध भएका देखिन्थे । खेतमा हेर्दा कृषक छैन, विद्यालयमा शिक्षक विद्यार्थी छैनन्, अस्पतालमा डाक्टर छैनन्, भिरपाखाहरुमा गोठालो छैन, वस्ती हेर्दा गाउँले नै छैनन्, गाउँ नै आतंकित भइरहेको थियो । छिमेकी छापामारको स्वार्थ र चतु¥याईंले ६० वर्षका मेरा हजुरबुबा माथि शारिरिक र भौतिक कारवाही गरे । त्यस सँगसँगै छरछिमेकीहरु छापामारको कारवाहीमा पर्नुभयो । सायद मेरो हजुरबुबा अलिक बोलक्कड हुनुहुन्थ्यो, धुध र पानीलाई व्यंगात्मक शब्दबाट भएपनि प्रस्ट्याइदिनुहुन्थ्यो । मनकारी र बोलक्कड मान्छेको समाजमा केही पृथक किसिमको छाप त हुन्छ नै । युद्धकला, चलायमान र मोर्चावान युद्ध समाजमा स्थापित गरेर यसको परिणाम आखिर कस्तो निस्केला । मेरो मनसपटलमा शंका, उपशंका चलिरह्यो । केही सामाजिक प्रतिष्ठाबाट वहिस्कार भएका व्यक्तिले जनयुद्धको मर्म बुझी प्रतिशोध र बदलाको स्वरुप सांघातिक आक्रमणको निशान मेरो परिवारलाई बनाउँदा पनि उनका ति अमानविय, असान्दर्भिक कदमले क्रान्तिलाई मुर्तरुप दिन भने सकेन । यो नै यथार्थ र शास्वत थियो, त्यो केही दिनपछि सावित भैसकेको थियो ।

काम गरेर केही गरौंला र बुनेका सपनाहरु साकार पारौंला भन्ने र भावि पिंडीका लागि पैत्रिक सम्पत्ति हस्तान्तरण र सुरक्षा गर्न नै हम्मेहम्मे परिसकेको थियो । जनतालाई जीवन र मरणको निश्चित थिएन । त्रासपूर्ण त्यो माहोलको आक्रान्त त्यो आधार इलाका डोटी जोरायल युद्धको उद्गमस्थलको रुपमा नै स्थापित भैसकेको थियो । वाध्यताले भएपनि जनक्रान्तिको भागेदार बन्न त्यति सहज भने पटक्कै थिएन र मेरा कोमल पाइलाहरु क्तै चलायमान भएनन् । भिसा प्रणालीबाट आवतजावत गर्नुपर्ने त्यो आधार इलाकाबाट राज्यपक्ष र विद्रोही पक्षको जाँतोको लडाईंमा धेरै परे डोटेली जनता । राज्यपक्षको चरम यातना र विद्रोही पक्षको ठुलो सास्ती खेप्नुप¥यो । जनताले वंकरमा सेल्ट्री, खाद्यान्न ओसारपसार हाम्रो दैनिकी जस्तै भएको थियो । गाउँ फर्किदा आग्रह र पूर्वाग्रहमा जवाफदेहिता हुनुपर्ने त्यस किसिमको जनक्रान्तिलाई सार्थकता दिन उनीहरुको संयन्त्रमा साझेदारी बन्नुपथ्र्याे । यसरी नै जनक्रान्तिको आधार इलाकाबाट वाध्यतावस अनेकौं काममा अहोरात्र सहयोग गर्दै ग¥यौं । बाँच्ने रहर कस्को हुँदैन र, मनभरी पिडा मलिन अनुहार बनाउदै क्रान्ति उत्सर्गमा पु¥याउन भनी भातृसंगठनका अनेकौं समुहसँग ऐक्यवद्धता जनाउँदै विकट वस्तीहरुमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्दै रह्यौं । जनसांस्कृतिक कार्यक्रमका अनेक श्रृंखलाहरुमा सहभागिता जनाउँदै भौतिक साधन ओसारपसारमा अहोरात्र खटिन वाध्य भयौं । त्यो विषम परिस्थितीमा त्यो सिवाय अरु केही थिएन ।

रगत र भावनात्मक सम्बन्धमा दरार परिसकेको थियो ।

उता सरकार पक्षले क्रान्तिकारीलाई नियन्त्रण र वन्देज गर्न किलो सेरा २ अप्रेसनबाट विट क्षेत्रलाई निशाना बनाइरहेको थियो । रोमियो किलो सु २ र जंगल सर्च अप्रेसनले देशमा आगो बलिरहेको थियो भने माओवादीद्वारा रोल्पाको लिस्नेग्राम, गुराँसे लेक, रुकुमको खारा, म्याग्दीको वेनी, कालिकोटको बिली, सोलु, दाङको भालुवाङ, पाल्पाको तीनगिरे, चित्रेभञ्ज्याङ, सन्धिखर्क, अछामको मंगलसेन, डोटीको हगुल्टे लेकमा आक्रमण गरिसकेको थियो । त्यस क्रममा ईतिहासकै नयाँ मान्छे बन्नुपर्छ भन्ने प्रतिवद्धता गरिसकेका व्यक्ति आगो आएर कोइला दिसा गर्ने मान्छेमा परिणत भैसकेका थिए । रगत र भावनात्मक सम्बन्धमा दरार परिसकेको थियो । मानवता र भाइचाराको सम्बन्ध दुस्मनमा परिणत भैसकेको थियो भने यता जनसाँस्कृतिक टोली आधार इलाकाका वस्तीहरुमा आफ्ना मर्मस्पर्सी भाव सहित अत्यन्तै भावुक, कर्णप्रीय जनवादी गितबाट क्रान्तिको विगुल फुक्दैथिए । सामना परिवारको आकाश गड्कियो, पाताल गड्कियो, कस्ले भन्छ यहाँ क्रान्ति सफल हुँदैन हामी राता मान्छे, हाम्रो रातो लालटीन, अरुण तरेर इत्यादी गितहरुले गुञ्जायमान थियो । दिल बहादुर रम्तेल, मुक्तिनाथ अधिकारी जस्ता नेपाली आमाका सपुतहरुले यो संसार त्यागिसकेका थिए ।

२०५८ साल जेठ १९ गते राती शान्तिप्रेमी राजा विरेन्द्र वीरविक्रम शाहदेवको सुनियोजित तवरले वंशविनास पारिदियो । नेपाली आकासमा कालो वादल मडारीयो । मुलुक शोकमा चुर्लुम्म डुव्यो । त्यससँगै २०५८ साल मंसिर ८ गते राष्ट्रिय सार्वभौमिकता रक्षार्थ खटिएको शाही नेपाली सेनामाथि पूर्वि, मध्य र पश्चिम डिभिजनले बटालियन, प्लाटुन कमाण्डर, कमिसारको नेतृत्वमा वारग्राफ मार्फत आक्रमण गर्‍यो । आक्रमणका क्रममा दुवै पक्षका धेरैको ज्यान गयो । विद्रोही पक्षले गरेको मोर्चावन्दी आक्रमणबाट अत्याधुनिक हातहतियार इन्सास, एम १६, एलएमजी, स्नाइपर, जिपिएमजी र अन्य विस्फोटक पदार्थ कब्जा गर्न सफल भयो र फेरी प्रत्याक्रमणका सुन्दर विहानीका सपना सुरुवात गर्दै हौसला सहित वृगेडको नेतृत्व दिदै अगाडि बढ्यो भने यता सरकार वार्ताका लागि तयार भयो । तर माओवादी युद्धविराम भड्काएर फेरी हिंसात्मक गतिविधीतर्फ उन्मुख भयो ।

त्यसपछि विद्रोही पक्षलाई निस्तेज पार्न देशमा संकटकाल घोषणा गरियो र राजनीतिक दलका नेताहरुले प्रचण्ड र बाबुरामको टाउकाको मूल्य समेत तोके । यसले देशलाई झन हिंसात्मक मोडतर्फ धकेल्यो । तत्कालिन राजा ज्ञानेन्द्रले राजनीतिक दललाई वन्देज गरि शान्ति प्रक्रियामा आउन आह्वान गरेपनि माओवादीले युद्धविराम गर्न चाहेन र भित्रभित्रै सात राजनीतिक दलसँग दिल्लिमा २०६२ मंसिर ७ गते १२ बुँदे माग सहित शान्ति प्रक्रियामा हस्ताक्षर गर्न केही संझौता भयो तर शान्ति प्रक्रियामा आएन । फेरी युद्धकलाको विकास गराउँदै जनमुक्ति सेना नेपालले दोस्रो पटक खाराबाट प्रत्याक्रमण सुरु गर्‍यो । यो भिडन्तमा माओवादीले ठुलो क्षति व्यरोर्नु परेको थियो । यो नै जनमुक्ति सेनाको ऐतिहासिक र कारुणिक लडाईको दास्रो हार थियो । मलिन अनुहार, खाली पेट, नांगो खुट्टा, जोस र रिसले भरिएको शरिर लल्याकलुलुक बनाउँदै ऐतिहासिक हारको भागेदार बनेर निराशामा सिमित भयो । यसलगत्तै माओवादी शान्ति प्रक्रियामा सहभागि भयो ।

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भयो र बाह्र वर्षै हिंसात्मक गतिविधीमा संलग्न माओवादी पार्टी संयुक्त राष्ट्रसंघ मार्फत शाही नेपाली सेना र जनमुक्ति सेनाको समायोजनको क्रममा घाइले, अपांग लालसेनालाई सेना समायोजनमा पछि माओवादीले गाउँ गाउँमा सेना भर्ना गर्दै आफ्नो संख्या पुर्‍यायो । तर बाह्र वर्षको जनयुद्धमा गोली र वारुदको निसानी बनेका एक्काइसौं शताव्दीका नयाँ मान्छे बन्नु पर्छ भन्ने सर्वहारा वर्गको उत्थानको लडाईंमा अतुलनीय योगदान पुर्‍याउने योद्धा अयोग्य भएर मलिन अनुहार लिएर फेरी घर फर्कन वाध्य भए । उनीहरुले यस्तो दिन आउला भनेर कल्पना समेत गरेका थिएनन् ।

यता सात राजनीतिक दल मिलेर एकतन्त्रीय राज्य व्यवस्था ढाल्न विदेशीको इसारामा जनआन्दोलन सुरु भयो । वाध्यताले शाह वंशीय परम्परा अनुसार गद्धी सम्हालेका राजा ज्ञानेन्द्रद्वारा जनताको नासो जनतालाई फिर्ता दिइ विदा भए । देश संघीय गणतन्त्रमा प्रवेश गर्‍यो । राजनीतिक प्रणाली अनुसार पहिलो संविधानसभाको चुनावमा माओवादी ठुलो दल बन्यो । माओवादीले सत्ता सम्हालेपछि जनअपेक्षीत काम गर्नुको सट्टा आफ्नै पार्टीका सहयोद्धा र शहिदका परिवारलाई केही गर्न सकेन । सर्वहारा वर्गको लक्ष्य पुरा गर्नको लागि वलिदानी र विरताको नयाँ श्रृंखला खडा गर्नुपर्छ भन्ने माओवादी पार्टी सत्ता र कुर्सीको मोहमा लुप्त भयो । ऐतिहासिक र भौतिकवाद संलेष्णका आधारमा क्रन्तिका सच्चा कम्युनिस्टहरु युद्ध चहादैनन् र रहरले युद्ध गर्दैनन्, गरे तापनि मानव जतिकै मुक्तिका लागि गर्छौं भन्नेहरु वास्तवमा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भएर विराजमान भए पनि “सोलुमा भारी बोक्ने, त्रिशुलीमा बालुवा चाल्नेहरु” त्यस्ताका त्यस्तै छन् ।

यही नै १२ वर्षे जनयुद्धको यथार्थता र उदेश्य रहेछ भने किन झुठा आश्वासन र सपना देखाएर अशिक्षा, अन्याय, अत्याचार र पिछडिएका वर्गलाई त्यो हिंसात्मक गतिविधीमा प्रयोग गराइयो ? यसको जवाफ कसले दिने ? आमुल परिवर्तनको सपना देखाएर, हजारौं आमाहरुका काख रित्याएर, हजारौं नारीका निधारको सिन्दुर पुछेर, नेपाली दाजुभाई लडाएर आखिर के पाए जनताले ? त्यसैले भन्न मन लाग्छ, क्रन्ति त भएकै हो नि तर उपलव्धीमुलर्थहिन भयो । नेपाली विशालता, विरता, उच्च चेतनशिलता, त्याग, तपस्या, उत्सर्ग र प्रेमको यो विशाल सभ्यतालाई तहसनहस पारिएको छ । म राजनीति गर्दिन, बरु हलो जोतेर खान्छु भन्दा भन्दै पनि माओवादी पार्टीको झण्डा जवर्जस्ती बोकाइयो । श्रमजिवी वर्गलाई समाज रुपान्तरक ठुल्ठुला सपना देखाएर धनी र गरिब बिचको कहिल्यै नटालिने ठुलो खाडल बनाइदियो । देशमा कायम रहेको राजनीतिक संस्कार र प्रणालीलाई उथलपुथल पारियो ।

त्यसैले खबरदार, यदि सार्वभौम सत्ताको सवाल, भौगोलिक अखण्डताको सवाल, देशको प्राकृतिक श्रोत र सम्पदाको सवालमा त्यस ढंगले सत्तामा विराजमान हुने कुनै महासयले मनपरी गर्न पाईंदैन । यदि राष्ट्रिय स्वतन्त्रतालाई वन्धकपार्ने कुरा गरिन्छ भने, भौगोलिक अखण्डता माथि कसैले बलत्कार गर्छ भने हामीलाई वहुमतको दम्भ चाहिदैन । हामी सहन्छौं प्रजातन्त्रका खातिर, शान्ति र सुव्यवस्थाका खातिर । हाम्रो अपमान अथवा सिंगो जनताको अपमान किमार्थ सहन सकिन्न ।

अन्याय, अत्याचार र बदमासतन्त्रले फेरी जनताको टाउकोमा टेक्ने र जनतामाथि घोडा चढ्ने दुस्साहस नगरुन् । नेपाली जनता हिंसा विरोधी छन्, शान्तिप्रेमी छन्, समृद्धि चाहन्छन्, परिवर्तन सहितको सम्वर्धनवादी सोच चाहन्छन् । त्यसैले यो देशलाई पृथ्वीनारायण शाहको जस्तो पराक्रम, जंगबहादुर राणाको जस्तो साहस, स्व. वीरेन्द्र राजाको जस्तो देश प्रेम, राजा त्रिभुवनको जस्तो उदारवाद र राजा ज्ञानेन्द्रको जस्तो त्याग भएका अर्को युगपुरुषको खाँचो छ ।

-कैलाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया



Top