२०७७, १० आश्विन शनिबार

प्रहरीलाई नै उजुरी गर्न १११३ डायल गर्नुस्

डबली खबर     श्रावण २२ २०७७ ०८:३५



nepal police logo

काठमाडौं – प्रहरीको सेवा सम्बन्धी जानकारी लिन तथा तत्काल उजुरी र गुनासो गर्न १११३ मा फोन गर्न सकिने व्यवस्था गरेको छ। यस नम्बरमा सम्पर्क गरी सेवाग्राहीहरुले प्रहरी सेवा सम्बन्धी जानकारी लिन, उजुरी गुनासो गर्न सक्ने प्रहरीले जनाएको छ। प्रहरी सेवालाई थप चुस्त, दुरुस्त एवं विश्वसनीय बनाउने क्रममा नेपाल प्रहरीले सेवाग्राहीको गुनासो वा उजुरी तत्कालै सुनेर उचित तवरबाट सम्बोधन गर्ने लक्षले निशुल्क नम्बरको व्यवस्था गरेको जनायो।

प्रहरी कर्मचारीहरुबाट हुन सक्ने कमी कमजोरी, लापरवाही एवं आर्थिक अनियमितता तथा गैह्र व्यावसायिक कार्य, सुरक्षासँग सम्बन्धित लगायत उजुरु गर्न सकिने छ। प्रहरीले टोल फ्रि नम्बर १११३, कार्यालय समयभित्र ०१ ४४१००७९, मोबाइल नम्बर ९८५१२९३००० सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको हो।

प्रहरी कर्मचारीहरु आफ्नो कर्तव्यप्रति उदासिन रही सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा, व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा, कानून विपरित थुनामा राखेमा, सेवाग्राहीलाई दुर्व्यवहार गरेमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरुपयोग गरी अनावश्यक दवाब दिएमा र अन्य प्रहरी कामकारवाही सम्बन्धमा तत्कालै उजुरी वा गुनासो गर्न सकिने प्रहरी प्रधान कार्यालय निरीक्षण तथा सुपरिवेक्षण महाशाखाले जनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top