२०७७, १३ माघ मंगलवार
Election Office Nuwakot Notice
Bachchhaladevi Suppliers

छोराको पास्नीमा बीमा पोलिसी उपहार, जन्मेको एकमहिनादेखि बीमा हुने

    पुष २३ २०७६ १४:००


Election Office Nuwakot Notice
Trishuli Web Design Services in Nuwakot
reliance life insurance mero mutu child beema

विदुर – बीमा योजनालाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गईरहेको छ । यसै क्रममा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० निवासी सुजाता दुलालले बुधबार छोराको पास्नीमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखाबाट जारी जीबन बीमा योजना उपहार दिएकी छिन् ।

छोराको भविष्य सुनिश्चित गर्न पास्नीको अवसरमा ५ लाख रुपैयाँको बीमा गरी योजना उपहार स्वरुप दिएको दुलालले बताइन् । विभिन्न पर्व उत्सव तथा जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने स्वास्थ तथा शिक्षाको ग्यारेन्टी हुने भएकोले कम्पनीमा बीमा गरिएको दुलालले बताईन् । बीमा अवधी समाप्त भएपछि बीमाङ्क रकम ५ लाख रुपैयाँ र बोनस पाइनेछ ।

“मेरो मुटु बाल बिमा योजना” अन्तर्गत बच्चा जन्मेको एक महिनादेखि नै बाल जीवन बीमा गर्ने गरिएको कम्पनीका बजार व्यवस्थापक सुरेश डङ्गोलले बताए ।

सो बीमा योजना हस्तान्तरण कार्यक्रममा कम्पनीका बजार व्यवस्थापक द्वारिका प्याकुरेल र परिवारको उपस्थितिमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top