२०७७, १२ मंसिर शुक्रबार


Bachchhaladevi Suppliers

प्रभु टिभीले सुरु गर्याे ओटीटी सेवा, अब जुनसुकै इन्टरनेटमा हेर्न सकिने

डबली खबर     श्रावण ६ २०७६ २१:४४


Trishuli Web Design Services in Nuwakot
prabhu tv ott services launch net tv

काठमाडौं । प्रभु टेलिभिजनले आफ्नो च्यानल ईन्टरनेट मार्फत पनि हेर्न मिल्ने गरी ओभर दी टप (ओटीटी) सेवा सुरु गरेको छ । कम्पनीले आफ्नो सेवा विस्तार गर्दै विभिन्न ईन्टरनेट सेवाप्रदायकहरुको सेवा प्रयोग गर्दै टेलिभिजन हेर्ने सुविधा सुरु गरेको हो ।

उक्त सेवा सुरु गरेसँगै अब प्रभु टिभी मोबाईल, ल्यापटप्, कम्प्युटर तथा ट्याब्लेटमा समेत हेर्न सकिने छ । यस्तै नेपाल टेलिकम, एनसेल, तथा स्मार्टसेलका ग्राहकले पनि प्रभु टिभीको ओटीटी सेवा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

यस्तै कम्पनीले ग्राहकहरुका लागि एक सेट अप बक्स अन्तर्गत एक जनालाई नि:शुल्क ओटीटी सेवा दिने समेत जानकारी दिएको छ । कम्पनीले केही समयपछि आईपी टिभीको सेवा पनि विस्तार गर्ने जानकारी दिएको छ ।

साथै प्रभु टिभी र नेट टिभीको सेवा एकै साथ सुरु भइ प्रभु टिभीको नाम रहेको छ । प्रभु टिभीको सेवाको लागि एलजीको स्मार्ट टेलिभिजनको स्टोरमार्फत् पनि डाउनलोड गरि हेर्न सकिने जानकारी दिएको छ ।

इन्टरनेट टिभी हेर्नको लागि ओभर दी टप (ओटीटी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top