२०७७, १० मंसिर बुधबार


Bachchhaladevi Suppliers

पृथ्वी माविको ४५ औं वार्षिकोत्सव (फोटोफिचर)

डबली खबर     पुष २७ २०७६ २१:२३


Trishuli Web Design Services in Nuwakot
guest 45th anniversary prithvi secondary school

विदुर – सामुदायिक विद्यालयको नमुना विद्यालयमा स्थापित पृथ्वी माध्यमिक विद्यालयले आज आफ्नो ४५ औं वार्षिकोत्सव मनाएको छ।

विदुर नगरपालिका-४ विदुरमा रहेको विद्यालयको वार्षिकोत्सव समारोहको उद्घाटन नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम लामीछानेले ४० लाख ७८ हजार ६९ रुपैयाँ बराबरको आम्दानी रहेको वार्षिक शैक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि १०+२ कक्षा संचालन समेत गरिने लामीछानेले जानकारी दिए ।

समारोहमा विद्यालयका पहिलो प्रधानाध्यापक सकिल अहमद, पूर्व सञ्चालक, पूर्व शिक्षक/शिक्षिका, एसइइ २०७५ मा जिल्लाबाट उत्कृष्ट विद्यार्थी, उत्कृष्ट अभिभावक लगायतलाई सम्मान गरेका थिए ।

विद्यालयमा ५ सय ७४ जना अध्यनरत छन् । विद्यालयमा आईसिटि ल्याब कक्षा समेत सञ्चालनमा रहेको छ ।

>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top