२०७७, ११ कार्तिक मंगलवार


KC Fancy Store Nuwakot

क्षेत्रपालमाविले मनाए ४५ औं वार्षिकोत्सव

डबली खबर     फाल्गुन १ २०७५ ११:४१



45th anniversary kshetrapal higher school nuwakot likhu

लिखु / नुवाकोटको लिखु गाउँपलिका-४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयले आफ्नो ४५ औं वार्षिकोत्सव मनाएको छ ।

गाउँपलिकाका अध्यक्ष धुव्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समारोहमा क्षेत्र सामुदायिक क्याम्पस सञ्चालनका लागि गाउँपालिकाबाट ५ लाख दिने अध्यक्ष श्रेष्ठले घोषणा समेत गर्नुभएको थियो । सामुदायिक विद्यालयप्रति आमनागरिकको विश्वास कम रहेको तर्फ सचेत हुँदै त्यसमा क्रमश सुधार गरेर अघि बढ्न श्रेष्ठले निर्देशन दिनुभयो । गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरुको जिम्मेवारी लिएको भन्दै अब आफ्नो तर्फबाट पनि सरकारी विद्यालयलाई निजी जस्तै गुणस्तरीय बनाउने प्रतिवद्धता समेत अध्यक्ष श्रेष्ठले व्यक्त गर्नुभयो ।

समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राई, गाउँपालिका उपाध्यक्ष रोजिना राई, वडा नं ४ का वडाध्यक्ष दलबहादुर राई, विद्यालय संचालक समितिका सदस्य अमृत श्रेष्ठ, विद्यालय अभिभावक संघका अध्यक्ष रामचन्द्र अगस्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा विद्यालयको हातामा पर्खाल लगाउनका सहयोग गर्ने स्पिड-वे फाउण्डेसन नामक संस्थालाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top