२०७७, ७ आश्विन बुधबार

फाउन्डेसनलाई नेपाली चेलीको सहयोग

डबली खबर     श्रावण २ २०७३ १७:३३



Dhurmus Suntali Foundation

भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन गिरान्चौर एकिकृत बस्तीको लागि नुवाकोट ककनीमा जन्मेर कतारमा कार्यरत सुमित्रा लामिछानेले संकलन गरेको १ लाख ३० हजार ४ सय ३४ रूपैया हस्तान्तरण गरिएको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकमा शुरू गरेको दोश्रो एकीकृत नमुना बस्ती निर्माण अभियानबाट लामिछाने प्रेरित भई आफ्नो फेसबुक स्ट्याटस मार्फत् सहयोगका लागि अपिल गरेकी थिइन् । संकलित रकम फाउन्डेसनका अभियन्ता धुर्मुस र सुन्तलीलाई पत्रकार तथा समाजसेवीहरू माझ हस्तान्तरण गरेकी थिइन् ।

समाजसेवी एवं नेपाली जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुवेदीले सुमित्राको अभियान व्यक्तिगत भएपनि अन्य संघ संस्थालाई बाटो देखाउने काम भएको बताउनुभयो । समित्रा लामिछाने नेपालमा रहँदा एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडलिङसमेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top