२०७७, ७ आश्विन बुधबार

करेन्ट लागेर दुई बालक घाईते

डबली खबर     असार २२ २०७६ १८:३९



two child injury by high voltage electricity in nuwakot

विदुर / विदुर नगरपालिका-१ बागवानीस्थित क्रियापुत्री बस्ने घरको छतमा खेल्ने क्रममा विद्युतको तारमा छुँदा दुई बालक घाईते भएका छन् । ११ केविए विद्युत प्रवाह हुने सो तार घरको नजिकबाट लागिएको प्रहरीले जनाएको छ ।

करिब ३ बजेर १५ को समयमा करेन्ट लागेर विदुर नपा-१ का चतुरमान नगरकोटीका ७ वर्षीय छोरा सुजन नगरकोटीको दाहिने खुट्टाको पन्जा र ५ वर्षीय भाई सुरेश नगरकोटीको बायाँ हातमा करेन्ट लागेर घाइते भएका छन् ।

घाइते दुवैको जिल्ला अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालयका नुवाकोट प्रहरी प्रमुख कृष्णबहादुर पल्लाीमगरले जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्राविधिकको लार्पाबाहीका कारण घटना घटेको स्थानीयबासीले आरोप लगाएका छन् भने नेपाल विद्युत प्राधिकरणका निमित्त अधिकारी लखनलाल साहले हाईटेन्सन तार मुनि घर बनाउंदा जानकारी गरि घर बनाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top