२०७७, ७ आश्विन बुधबार

ट्रकको ठक्करबाट एकको मृत्यु

डबली खबर     भाद्र २० २०७५ १८:११



surya pudasaini nuwakot

किस्पाङ, नुवाकोट / किस्पाङ गाउँपालिका-५ शान्तिबजारस्थित ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शान्तिबजारका अन्दाजी ३५ वर्षिय सुर्य पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

आज बिहान करिब ८ बजे रोकी राखेको ना ५ ख १४०४ नम्बरको ट्रक र सोही ट्रक पछाडी रोकी राखेको ना ६ ख ६१६५को ट्रकको बिचमा पुडासैनी रहेका थिए । उनलाई ना ५ ख १४०४ नम्बरको ट्रकले ब्याक गर्ने क्रममा ठक्कर दिएको थियो ।

सख्त घाइते भएका पुडासैनीलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लैजादै गर्दा अवस्था जटिल भएपछि हेटिकप्टर मार्फत् ग्राण्डी अस्पताल काठमाडौँमा लागिएको थियो । पुडासैनीको उपचारको क्रममा निधन भएको प्रहरी कार्यालयले जनाएको छ ।

पुडासैनी ठक्कर दिने ट्रक र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top