२०७७, ७ आश्विन बुधबार

रसुवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डबली खबर     असार १९ २०७५ १८:४६



Accident

रसुवा । रसुवाको आमाछोदिङमो गाँउपालिका–५ सिम्बुमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मोरङ घर भएका ४५ वर्षीय शिवगंज राजवंशी र दाङ घर भएका २४ वर्षीय विकास घर्तीको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका दुई जनाको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ ।

सिउ तुण्डी कन्ट्रक्सनबाट हाईड्रो पावरको केमिकल लिएर बज्र कन्सट्रक्सन जाने क्रममा मंगलबार बेलुकी ८ बजे उक्त जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल भिरमा खसेको प्रहरी चौकी थाम्बु चेतले जनाएको छ । दुर्घटना पश्चात सम्पर्कविहीन भएका जिप चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया




Top