२०७७, १२ मंसिर शुक्रबार


Bachchhaladevi Suppliers

घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

डबली खबर     बैशाख ३ २०७७ २१:५९


Trishuli Web Design Services in Nuwakot
social security allowance bidur municipality ward 1 lenin ranjit trishuli

विदुर – विदुर नगरपालिका वडा नम्बर १ मा घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरानाभाइरसको संक्रमणको जोखिम न्यूनीकरण र सजक गर्न सरकारले जारी गरेको ‘लकडाउन’का कारण समस्यामा रहेका वृद्ध–वृद्धालाई घरमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो ।

लकडाउनको कारण ढिलाई हुन गएको भन्दै सरकारी सेवा घरमै दिने उद्देश्यले आज वडा क्षेत्रभित्रका सिम्मुटार र केउरिनीका घर–दैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष लेनिन रञ्‍जितले बताए । वडा क्षेत्रभित्रका २२ जना वृद्धवृद्धाहरुलाई भत्ता वितरण गरिएको छ भने वडाका अन्य क्षेत्रका स्थानहरुमा क्रमशः वितरण गर्दै जाने वडाध्यक्ष उनले जानकारी दिए ।

जनप्रतिनिधि घरमै आएर सामाजिक सुरक्षा भत्ता प्रदान गर्दा वृद्ध–वृद्धा खुसी भएका छन् ।

नगर कार्यपालिका मङ्गलबार बसेको बैठकको निर्णयानुसार चालुआर्थिक वर्षको दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयबाट घरदैलो गरि वितरण गर्ने निर्णय भएको थियो । यस अघि विदुर नगरपालिकाले बैँकहरु मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top