२०७७, ११ कार्तिक मंगलवार


KC Fancy Store Nuwakot

लकडाउन उल्लंघन गर्ने ६३ जना पक्राउ, ठाउँको ठाउँमा ‘होल्ड’

डबली खबर     चैत्र २७ २०७६ ११:१२



covid19 lockdown restricted people nuwakot police

विदुर – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १७ औं दिन हो । आज पनि नुवाकोट लगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

सरकारले लकडाउनको सोमबारमात्र थप एकसाताका (आगामी बैशाख ३ गतेसम्म) लागि लकडाउनको समय थपेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् ।

यसअवधिमा लकडाउनको पालना नगरेको भन्दै ६३ जनालाई केही समय होल्ड गरी पठाईएको छ । जिल्लाका बजार क्षेत्रमा व्यापक रुपमा सर्वसाधारणहरु हिँड्न थालेपछि नुवाकोट प्रहरीले लकडाउन पालना नगर्नेहरुलाई समेत कारवाहीको दायरामा ल्याउन थालेको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जनकारी दिए । यसअवधिमा सवारी अनुमति पत्र नलिई सवारीसाधन चलाउने ३१ ओटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।

लकडाउनको समयमा एक ठाउँबाट अर्को ठाउँमा जानको लागि सवारीसाधनभन्दा हिँडेरै जाने गरेका छन् ।  लकडाउनको समय लम्बिदैं गएपछि घर जनाको लागि हिँडेर आएको एक पैदलयात्रुले बताए ।

शहरीक्षेत्रमा भने मर्निङ वाकको बहानामा सर्वसाधारणहरु हिँड्न थालेका छन् भने सामाजिक सञ्जालमा फोटो समेत राख्न भ्याएका छन् । प्रहरीको पहुँच नहुने स्थानहरु भने स्थिति उस्तै रहेको छ ।

यसअवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ। औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ। त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top