२०७७, १४ मंसिर आईतवार


Bachchhaladevi Suppliers

पञ्चकन्या गाउँपालिकाबाट जिल्ला अस्पताललाई दुई लाख सहयोग

डबली खबर     चैत्र १६ २०७६ ०८:२६


Trishuli Web Design Services in Nuwakot
panchakanya rural municipality donate trishuli hospital

विदुर –  पञ्चकन्या गाउँपालिकाले कोरोना भाईरस (कोभिड-१९) विरुद्ध लड्न आवश्यक सामग्री खरिद गर्नको लागि जिल्ला अस्पताल त्रिशुलीलाई दुई लाख रकम सहयोग गरेको छ ।

शनिबार पालिकाका अध्यक्ष तेज बहादुर तामाङ (रमेश) ले विपद् व्यवस्थापनका लागि जिल्ला अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

कोभिड-१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा जिल्लास्थित स्वास्थ्य केन्द्रलाई यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास पालिकाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top