२०७७, १२ मंसिर शुक्रबार


Bachchhaladevi Suppliers

नुवाकोटमा सिदार्थ बैंकको शाखा औपचारीक उद्धघाटन

डबली खबर     असार ६ २०७६ १३:५२


Trishuli Web Design Services in Nuwakot
sanju pandit speaking in siddartha bank branch inauguration

विदुर / नुवाकोटको विदुर नगरपालिका-२ बट्टारमा सिदार्थ बैंकको शाखा उद्धघाटन गरिएको छ । विदुर नगरपालिकाका  प्रमुख सञ्जु पण्डितले एक कार्यक्रमका बीच शाखा उद्धघाटन गर्नुभएको छ ।

समारोहमा बोल्नुहुँदै नगरप्रमुख पण्डितले नुवाकोटबासीलाई बैंकिड कारोबारका लागि सहज हुने अपेक्षा गरिएको बताउनु भयो । साथै उहाँले सेवाग्राहीलाई चुस्तरुपमा सेवा दिन आग्रह गर्नुभयो ।

बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउन शाखा सञ्चालनमा ल्याएकोे उप मुख्य कार्यकारी अधिकारी सुन्दरप्रसाद कँडेलले जानकारी दिनुभयो ।

बैंकले १ सय ५६ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १ सय शाखारहित बैंकिंङ सेवा, १ सय ६९ एटिएम र १ हजार ३ सय पीओस मेसिन मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top