२०७७, ११ कार्तिक मंगलवार


KC Fancy Store Nuwakot

पटकपटकको निर्णयपछि नगर यातायात गङ्गटे-कोलेनी

डबली खबर     पुष १७ २०७६ १९:०४



public vehicle new route map bidur municipality nuwakot

विदुर – पटकपटकको निर्णयपछि नगर यातायातका माईक्रोबसहरु आजदेखि गङ्गटे-कोलेनी रुट भएर चल्नुपर्ने भएको छ । गङ्गटेहुँदै बट्टार, बसपार्क, विदुर, ढुंगे, त्रिशुली र कोलनीसम्म जानुपर्ने र सोहि रुट अनुसार पुन: फर्किनुपर्ने भएको हाे ।

बुधबार विदुर नगरपालिकाको कार्यपालिकामा बसेको बैठकबाट उक्त निर्णय भएको नुवाकोटका ट्राफिक प्रमुख विकल भट्टराईले जानकारी दिनुभयो । त्रिशुली-विदुर-बट्टार भएर चल्ने नगर यातायातका माइक्रोबसहरू व्यस्त बजारमा लेनमा बसी पार्किङ गरी राख्दा सवारीसाधनकाे चाप अत्याधिक बढ्दै गएको र ट्राफिक जामको समस्या बढेकोले गङ्गटेसम्म सञ्चालन गरिनुपर्ने निर्यण भएको थियो । बजार क्षेत्रमा पार्किङ गरी लेनमा बस्ने माईक्रोबसहरु अबदेखि गङ्गटेमा गएर बस्नुपर्ने भएको हो । यो रुट भएर चल्दा करिब ७ किलोमिटरको यात्रा २२ मिनेट लाग्ने हुन्छ ।

नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरमा सञ्चालन भएकाे सार्वजनिक यातायातका साधनहरु पाँच मिनेटको अन्तरालमा गुड्नुपर्ने र ती सबैमा टाइम कार्ड जडान गरिने विदुर बताउनुभयो ।

नगरक्षेत्रभित्र सञ्चालन हुने यातायातका साधनहरुमा महिला,अपाङ्ग, जेष्ठ नागरिकका लागि सिट सुरक्षित र प्रष्ट रुपमा देखिने गरि उल्लेख गरिनुपर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै, विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्ग नागरिकले सरकारले निर्धारण गरेकाे छुटकाे सुविधा हुनुपर्ने जनाएकाे छ ।

त्यस्तै,  ट्राफिक प्रहरीले सार्वजनिक यातायात तथा निजी सवारीसाधनहरुको चेकजाँचमा पनि कडाई गरेको छ। सवारीसाधन चलाउँदा सवारी चालकले अनिवार्य बिल, बुक र लाईसेन्स साथमा लिएर हिड्नको लागि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top