२०७७, १३ कार्तिक बिहीबार


KC Fancy Store Nuwakot

मरेको मानिस फेरि ब्युातिएपछि…

डबली खबर     असार १८ २०७३ २३:३८



man wake up from dead

मानिस एकचोटी मात्र मर्छ अर्थात मरेपछि बाँचिन्न । तर न्युजिल्याण्डका एकजना मानिस भने मरेपछि पनि फेरी ब्युतिएका छन् । गाड नाम गरेका ७० वर्षका ती व्यक्ति २५ मिनेटसम्म मरेर फेरी बचेका हुन् । पहाड चढ्नेक्रममा हृदयाघात भएर लडेपछि उनी मरेको आशंका गरिएको थियो । वास्तवमा पर्वतारोहणका क्रममा हृदयाघात भएका व्यक्ति बाँच्ने सम्भावना शून्य जस्तै हुन्छ । चिकित्साविज्ञानले त्यस्ता व्यक्तिलाई मृत घोषित गर्दछ ।

तर, यो नियम गाडको मामिलामा भने लागु भएन । उनी मुर्छा परेको केही समयभित्रै उद्धारकर्ताहरुले उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याए । अस्पतालमा कृत्रिम स्वासप्रस्वास दिएपछि उनी अकस्मात ब्युतिए । विज्ञहरुले यसरी विज्ञानले मरिसकेको ठानेका व्यक्ति ब्युतिएको यो पहिलो घटना भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Diyo Pathshala Montessori

प्रतिक्रिया




Top